टि-२० विश्वकप छनौट एसिया फाइनल सोमबार देखि, यसरी छनौट हुन सक्छ नेपाल २०२० टि-२० विश्वकप

मलेसियासंग जुलाई १३ र १४ तारिकमा २ वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज र त्यहीं १० दिन अभ्यास पछि नेपाली क्रिकेट टिम आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न शनिबार सिंगापुर पुगीसकेको छ। मलेसियालाई २-० ले  पराजित गर्दै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हाँसिल गरेको नेपाल सामु अब अस्ट्रेलियामा १८ अक्टोबर २०२० देखि आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुने चुनौती रहेको छ।

सन् २०१४ मा पहिलोपटक बंगलादेशमा सम्पन्न टि-२० विश्वकप खेलेको नेपाल त्यसपछि २०१६ को टि-२० विश्वकपमा भने छनौट हुन असफल रह्यो। २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा आयोजित छनौट प्रतियोगिताको समुह चरणमा नेपालले ६ खेलमा मात्र १ खेल जित्दै असफलता हाँसिल गरेको थियो। टि-२० विश्वकप अब ४-४ वर्षमा आयोजना हुने हुनाले बल्ल नेपालले छनौट हुने अर्को मौका पाएको हो।

२०१४ टि-२० विश्वकपमा यसरी छनौट भएको थियो नेपाल  

त्यस बेला विश्वकप छनौट हुनको लागि सबैभन्दा पहिलो प्रतियोगिता एसीसी टि-२० रहेको थियो। सन् २०१३ मा नेपालमै आयोजना भएको उक्त प्रतियोगिताबाट उत्कृस्ट २ टिम ग्लोबल क्वालिफायरमा छनौट हुने थियो। तथापी प्रतियोगिता अघिनै अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त रास्ट्रको रुपमा तथा युएई ग्लोबल क्वालिफायर आयोजकको रुपमा छनौट भइसकेको थियो। त्यस प्रतियोगितामा नेपाल र अफगानिस्तान फाइनल पुगेको थियो भने युएई र हंगकंग सेमीफाइनलसम्म पुगेका थिए। फाइनलमा नेपाल पराजित हुँदै उप-विजेता भएको थियो। युएई र अफगानिस्तानसंगै नेपाल र हंगकंग ग्लोबल क्वालिफायरको लागि छनौट भएको थियो।

२०१३ नोभेम्बरमा युएईमा आयोजित ग्लोबल क्वालिफायरमा सहभागी १६ टिम मध्ये उत्कृस्ट ६ टिम विश्वकप छनौट हुने थियो। समुह चरणमा नेपाल समुह ‘बि’ को तेश्रो स्थानमा रहँदै हंगकंगलाई क्वाटरफाइनलमा पराजित गर्दै विश्वकप खेल्न छनौट भएको थियो।

Nepal Cricket Team ( ICC T20 World Cup Qualifier 2013 )

२०२० विश्वकप छनौट हुने नेपालको बाटो

गत वर्ष अक्टोबरमा मलेसियामा आयोजित टि-२० विश्वकप ( एसिया पूर्वी छनौट ) प्रतियोगिताको विजेता हुँदै पहिलो खुड्किलो पार गरेको नेपालले करिब १ वर्ष पछि दोश्रो खुड्किलोको रुपमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न लागेको हो।

– टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) 

सिंगापुरमा जुलाई २२ देखि २८ सम्म ( साउन ६ देखि – १२ सम्म ) आयोजना हुने प्रतियोगिताको विजेता टिम ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल खेल्न छनौट हुनेछ।

सहभागी रास्ट्रहरु – नेपाल, सिंगापुर, कुवेत, मलेसिया, कतार
फर्म्याट – सिंगल राउण्ड रोबिन ( सबैले सबैसंग १-१ खेल खेल्नेछ ) , अंकतालिकामा उत्कृस्ट हुने १ टिम छनौट हुनेछ।
नेपालको खेलतालिका : जुलाई २३ – कतारसंग, जुलाई २४ – मलेसियासंग, जुलाई २७ – कुवेतसंग , जुलाई २८ सिंगापुरसंग

– टि-२० विश्वकप ग्लोबल क्वालीफायर 

युएईमा ११ अक्टोबर देखि ३ नोभेम्बरमा आयोजना हुने प्रतियोगितामा कुल १४ टिम सहभागी हुनेछन्। १४ बाट उत्कृस्ट हुने ६ वटा टिम टि-२० विश्वकप २०२० मा छनौट हुनेछ।

२०१८ डिसेम्बर ३१ सम्म टि-२० वरियतामा ११ देखि १६ नम्बरमा रहेका टिमहरु स्वतः छनौट भइसकेका छन्। यस्तै आयोजकको रुपमा युएई सिधा छनौट भएको छ। यस्तै इस्ट एसिया प्यासिफिक छनौटबाट पपुवा न्यु गिनी, अफ्रीकाबाट केन्या र नामिबिया, युरूपबाट जर्सी छनौट भएका छन्। अब एसियाबाट २ टिम र अमेरिकाजबाट २ वटा टिम छनौट हुन बाँकी रहेको छ।

ग्लोबल  छनौट खेल्न छनौट भइसकेका टोलिहरु ( कुल ११ ) स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड, युएई, पपुवा न्यु गिनी, केन्या, नामिबिया, जर्सी , ३ टिम बाँकी ( एसियाबाट १ र अमेरिकाजबाट २ )

नोट – जिम्बाबेलाई आईसीसीले निलम्बन गरेको हुँदा ग्लोबल छनौट खेल्न नखेल्ने अनिश्चित रहेको छ। पछिल्लो निर्णय अनुसार जिम्बाबेले आईसीसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने भनिएको छ।

नेपालको बाटो समग्रमा – टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) जितेमा ग्लोबल छनौट खेल्न छनौट हुनेछ। ग्लोबल छनौटमा १४ टिम मध्ये उत्कृस्ट ६ टिम हुन सके नेपाल दोश्रो पटक टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

२०२० विश्वकपमा डिसेम्बर ३१ २०१८ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ९ स्थानमा रहेका देशहरु र आयोजकको रुपमा अस्ट्रेलिया छनौट भइसकेका छन्। २०२० टि-२० विश्वकप छनौट भइसकेका राष्ट्रहरु – अस्ट्रेलिया, पाकिस्तान, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्टन्दिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]