ग्लोबल टि-२० : पहिलो ओभरमै सन्दिप महँगो सावित

२०७६ श्रावण १८, शनिबार २२:५१

ग्लोबल टि-२० लिग अन्तर्गत दोश्रो सिजनमा पहिलो पटक ब्राम्पटन वुल्भ्स बिरुद्ध खेलमा अन्तिम-११ मा मौका पाएका सन्दिप लामिछानेले अत्यन्त खराब सुरुवात गरेका छन्।

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न सिंगापुरमा रहेका कारण पहिलो २ खेल गुमाएका सन्दिप तेश्रो खेल खेल्न क्यानडा पुगे पनि विन्निपेग बिरुद्ध मौका दिईएको थिएन। चौथो खेलमा मौका पाए पनि पहिलो ओभरमा जर्ज मुनसेले सन्दिपलाई धुलाई गरे।

इनिंगको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा मुनसेले रिभर्स स्विपमा चौका प्रहार गर्दै स्वागत गरेका थिए। त्यसपछि दोश्रो ओभर डट बल गरेता पनि त्यसपछि लगातार ४ बलमा मुनसेले बाउन्ड्री प्रहार गरे। तेश्रो र चौथो बलमा रिभर्स स्विपमा चौका प्रहार गरेका मुनसेले पाँचौ बलमा स्विप गर्दै छक्का हिर्काए। ओभरको अन्तिम बलमा सन्दिपको टाउको माथिबाट स्कटल्याण्डका ब्याट्सम्यान मुनसेले छक्का प्रहार गरे। एकै ओभरमा सन्दिपले २४ रन खर्चिन पुगे।

पहिलो बल – चौका ( मुनसे ) , दोश्रो बल : डट बल , तेश्रो बल – चौका , चौथो बल – चौका , पाँचौ बल – छक्का , छैठौं बल – छक्का

युभराज सिंह कप्तानीको टोरोन्टोले सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।

लिग अंकतालिकामा पाँचौ स्थानमा रहेको टोरोन्टोले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ त्यसैले आजको खेल जित्नु टिमको लागि महत्वपूर्ण रहेको छ। ब्राम्पटन भने ३ वटै खेलमा जितको साथ अंकतालिकामा शिर्षस्थानमा रहेको छ।

सन्दिपसंगै अर्का नेपाली क्रिकेटर सोमपाल कामि विन्नीपेग हक्सको लागि खेलीरहेपनि अन्तिम-११ मा हालसम्म मौका पाउन सकेका छैनन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy