ग्लोबल टि-२० : पहिलो ओभरमै सन्दिप महँगो सावित

ग्लोबल टि-२० लिग अन्तर्गत दोश्रो सिजनमा पहिलो पटक ब्राम्पटन वुल्भ्स बिरुद्ध खेलमा अन्तिम-११ मा मौका पाएका सन्दिप लामिछानेले अत्यन्त खराब सुरुवात गरेका छन्।

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न सिंगापुरमा रहेका कारण पहिलो २ खेल गुमाएका सन्दिप तेश्रो खेल खेल्न क्यानडा पुगे पनि विन्निपेग बिरुद्ध मौका दिईएको थिएन। चौथो खेलमा मौका पाए पनि पहिलो ओभरमा जर्ज मुनसेले सन्दिपलाई धुलाई गरे।

इनिंगको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा मुनसेले रिभर्स स्विपमा चौका प्रहार गर्दै स्वागत गरेका थिए। त्यसपछि दोश्रो ओभर डट बल गरेता पनि त्यसपछि लगातार ४ बलमा मुनसेले बाउन्ड्री प्रहार गरे। तेश्रो र चौथो बलमा रिभर्स स्विपमा चौका प्रहार गरेका मुनसेले पाँचौ बलमा स्विप गर्दै छक्का हिर्काए। ओभरको अन्तिम बलमा सन्दिपको टाउको माथिबाट स्कटल्याण्डका ब्याट्सम्यान मुनसेले छक्का प्रहार गरे। एकै ओभरमा सन्दिपले २४ रन खर्चिन पुगे।

पहिलो बल – चौका ( मुनसे ) , दोश्रो बल : डट बल , तेश्रो बल – चौका , चौथो बल – चौका , पाँचौ बल – छक्का , छैठौं बल – छक्का

युभराज सिंह कप्तानीको टोरोन्टोले सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।

लिग अंकतालिकामा पाँचौ स्थानमा रहेको टोरोन्टोले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ त्यसैले आजको खेल जित्नु टिमको लागि महत्वपूर्ण रहेको छ। ब्राम्पटन भने ३ वटै खेलमा जितको साथ अंकतालिकामा शिर्षस्थानमा रहेको छ।

सन्दिपसंगै अर्का नेपाली क्रिकेटर सोमपाल कामि विन्नीपेग हक्सको लागि खेलीरहेपनि अन्तिम-११ मा हालसम्म मौका पाउन सकेका छैनन्।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]