सन्दिपले अमेरिकी भिसा नपाउदा ट्वीटरमा यस्तो आयो प्रतिक्रिया

२०७६ श्रावण २८, मंगलवार १२:०९

स्टार नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। ४ सेप्टेम्बर देखि आयोजना हुने क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्रिडेन्ट टिमको लागि खेल्न जान लागेका सन्दिपलाई भिसा दिन दुतावासले अस्विकार गरेपछि सन्दिप आफैले ट्वीट गर्दै निराशा पोखेका थिए।

सन्दिप अमेरिका हुँदै बार्बाडोस पुग्न पर्ने तथा क्यारेबियन प्रिमियर लिगको केहि खेल फ्लोरिडामा समेत हुनसक्ने हुँदा सन्दिपलाई अमेरिकी भिसा आवस्यक परेको सन्दिपको तथा नेपाली टिमको पनि व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

सन्दिपको भिसा अस्विकार हुँदा सामाजिक संजाल ट्वीटरमा बिभिन्न प्रतिक्रियाहरु आएका छन् –

अब भिसा लिएर एम्बेस्सी को अगाडि धर्ना दिन जान पडो ।

— D-न डाक्टर । (@Dinesh30np) August 13, 2019

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy