स्टार नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। ४ सेप्टेम्बर देखि आयोजना हुने क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्रिडेन्ट टिमको लागि खेल्न जान लागेका सन्दिपलाई भिसा दिन दुतावासले अस्विकार गरेपछि सन्दिप आफैले ट्वीट गर्दै निराशा पोखेका थिए।
सन्दिप अमेरिका हुँदै बार्बाडोस पुग्न पर्ने तथा क्यारेबियन प्रिमियर लिगको केहि खेल फ्लोरिडामा समेत हुनसक्ने हुँदा सन्दिपलाई अमेरिकी भिसा आवस्यक परेको सन्दिपको तथा नेपाली टिमको पनि व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।
सन्दिपको भिसा अस्विकार हुँदा सामाजिक संजाल ट्वीटरमा बिभिन्न प्रतिक्रियाहरु आएका छन् –
हाम्रा नेताहरु कोही भिसा पाएर पनि सम्बन्धित देशको ईमिग्रेसनबाटै फर्काइएका छन्।
हाम्रा कलाकारहरुले पनि भिसा नपाएका छन्।
अहिले सन्दीप लामिछानेले पाएनन्।
हामी हेपिन नै जन्मेका त होइनौं तर राजनीतिज्ञ र हामी आफैंले हेपिने वातावरण बनायौं।— Ananta Koirala (@anantabrt) August 13, 2019
अब भिसा लिएर एम्बेस्सी को अगाडि धर्ना दिन जान पडो ।
— D-न डाक्टर । (@Dinesh30np) August 13, 2019
अमेरिकाले मोदीलाई पनि भिसा रिजेक्ट गरेको थियो ..
— Mingmar G Sherpa (@DrMingmaSherpa) August 13, 2019
अमेरिकाले भिसा नदिएकोमा अब कोहि माइतीघर मण्डलामा उफ्रन्छ्न कि नाइ ???
— PRADIP BHATTARAI (@realpbhattarai) August 13, 2019
अमेरिकाले अब्दुल कलामलाई भारतको राष्ट्रपति छँदा एयरपोर्टमा जुुत्ता खोल्न लगाएको थियो । किङग खान उर्फ शाहरुख खान जससित हलिउडका ठुला स्टार फिल्म खेल्न खोज्छन् उनलाई पनि जुुत्ता खोल्न लगाउँछ । साहित्यकार ध्रुुबचन्द्र गौतमजस्तो विद्धानलाई त भिसा दिएको थिएन । अब नाथे सन्दिप को हो र ?
— बिकाश मरासिनी (@bikash_cowboy) August 13, 2019
राजदुतको फोन नम्बर कसैले दिए हुने नि मलाई । थर्काउन न त के सक्नु यसो आग्रह गर्थे ! तु बोलाएर ५ मिनेट भित्र भिसा दे भनेर ???
— Nishan (@NishanSuchcha) August 13, 2019
राष्ट्रलाई प्रतिनिधित्व गर्ने @IamSandeep25 को भिसा reject भएकोमा के बिचार छ महासय??
बरु ने.क.पा. का कुनैपनी नेता तथा कार्यकर्तालाई U.S.A को भिसा नपाउने बनाउ तर सन्दिपलाई भिसा देउ!@USEmbassyNepal https://t.co/hLuxQN39rv
— कृष्ण ढुंगाना? (@Annual_trek) August 13, 2019
भिसा पए पनि Wicket लिने हैन ??
— Dhurba Raj Khanal (@dhurbakhanalgm3) August 13, 2019
अन्तरीक्षमा स्याटलाईट पठाईयो भनेर गर्व गर्ने ‘मेरो सरकार’ले नेपालको राष्ट्रिय खेलाडी (क्रिकेट) सन्दीप लामीछाने ले अमेरीकाले भिसा नदिनु लाई कसरी चिनेतन गर्छ हेर्न बॉंकी छ। गणेश थापा जस्ता भ्रष्टहरूले गर्दा यो अवस्था आएको भन्ने निष्कर्ष निकाल्दा राम्रो हुन्छ।
— Pankaj Rai. (@Pankaj2015Rai) August 13, 2019
निजि मामिला हो। तर अमेरिकाले सजिलै भिसा दिने भनेको सिके लाल, सिके राउत, युग पाठक, खगेन्द्र संग्रौला, आङ्काजी, बाबुराम भट्टराई, वा तिब्बती शरणार्थीहरुलाई हो। https://t.co/gP08lFS31Z
— raman (@raman8848) August 13, 2019
@hello_sarkar अन्तर्राष्ट्रिय रुपमै परिचित र पटकपटक बिदेशी क्लबहरुबाट खेलेर चर्चा बटुलिसकेका नेपाली star क्रीकेटर @IamSandeep25 भाइलाई अमेरिकी भिसा तुरुन्त दिलाउन सरकारबाट ठोस कदम चालियोस।।।
— LIFE DAMAGE (@AdhikariSailu96) August 13, 2019
पढ्ने लेख्ने उमेरको केटो खेल्न जान्छु भनेपछि कहाँ दिन्छ त भिसा। त्यो उमेरमा खेलेर बिग्रेला भनेर बा’ले हामीलाई चोकसम्म जान त दिन्थेनन्!
— Suresh Badal (@badal_suresh) August 13, 2019
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
हेप्न पनि कति सकेकाे त – अमेरिकी डाम्नालाइ के सन्दिपकाे बलले के गर्थ्याे ?
यस बिषयमा @mofa.gov.np , Hello @Pmnepal
— jdulal (@janakprasaddul1) August 13, 2019
अखिल नेपाल भिसा पीडित महासंघ खोलेर सन्दीपलाई अदक्षे बनाम्न पर्छ अब ??
— उरन्ठेउलो (@urantheulo_) August 13, 2019
गित गाउनी गाएक लाई क्रीकेट खेल्न जानी भनेसी कसरी देओस त भिसा कन्सर्ट गर्न जानी भन्या भए दि हाल्थ्यो नि।?
— ? (@sajjwe) August 13, 2019
राजदुत सर कृकेटको जर्सी लार बडा ठांटिएर हिंड्थे, एउटा कृकेटरलाई खेल खेल्न जानको लागि भिसा किन दिएनछन् ???
— कालो च्या (@KTMite) August 13, 2019
नरेन्द्र मोदीलाई त् भिसा दिएको थें न उ बेलाँ गुजरात को मुख्य मन्त्रि हुँदा ? येस्तै सम्चार सुन्या हो !
सन्दिप लामिछाने लाई प्रावधिक गडबडी ले गर्दा भुल हुन गएकोमा क्षमा माग्दै राजदुताबास ले भिसा दिन्छन ! ढुक्क छु 🙂
— पासा (@iPasha7) August 13, 2019
सन्दीपले म उतै बस्छु, तिम्रै देशबाट खेल्छु नभनेर गल्ति गरे ? अनि कसरी पाउछ त् भिसा ???
— Nishan (@NishanSuchcha) August 13, 2019
सहमत, भिसा दिने, नदिने उस्को खुसी। नेपालको खेलाडी, कर्मचारी, कलाकार, पत्रकार, उद्धमी लगायतका सबैले मौका पाउनासाथ पासपोर्ट फ्यालेर लुकेका, सरणार्थी बनेका उदाहरण कम भए पो। ??
— महेश क्षेत्री (@MaheshDai_) August 13, 2019
सन्दिप लाइ भिसा नदिदा अब कतिको रास्ट्रबादी रगत उम्लेर बग्ने हो ????
— बिनोद (@Hariw0n) August 13, 2019
एउटा युट्युबे गायकलाई क्रीकेट खेलाडी भनेर एप्लाइ गर्न गएपछि भिसा कसरी देओस् त ।
??— âtreya™️ ? (@Gandaki) August 13, 2019
नेपाली क्रीकेट्को ठुलो फ्यान हु झै गर्याथे त अस्ति-अस्ती र्यान्डी दाजुले, फेरी आज सन्दिप कै भिसा रिजेक्ट ? ? नाटक गर्छ एम्बेसी पनि । 😉
— पारस (@dhakal_paras) August 13, 2019
Attn:@IamSandeep25 लाई किन भिसा नदिएको हो? यो सन्दिपलाइ होइन नेपाललाइ हेला गरेको भनेर बुझिन्छ। विभिन्न अन्तरास्टृय स्तरको खेल खेली सकेका उनीलाइ अपमान नेपाल र नेपालीको अपमान हो।@GokulPBaskota @PM_Nepal @kpsharmaoli @yogesbhattarai @bishwaprakash77 @thapagk @davils_advocate pic.twitter.com/7visPFI5L2
— रमाकान्त मणि नेपाल (@nepalrameshmani) August 13, 2019
धेरै अनौठो कुरा होइन। एकदुई जना जनता प्रतिभावान् र सम्पन्न भएर के गर्नु उनिहरुले भिसा दिने ‘NEPAL’ हेरेर हो। अब अरु देशको नजरमा ‘NEPAL’ को औकात के छ दुनियाँलाई थाहा छ। https://t.co/COZar0nneP
— Pritam limbu (@im_pritam3) August 13, 2019
सन्दीप लामिछानेको अमेरिका भिसा लागेन भन्दै किन चिच्याउछौ ए बुङ्गाहरु पहिला हेर को कस्को भिसा रिजेक्ट गरेको छ इतिहास हेर सन्दीप नेपालको गहना भएनी बिदेशिको लागि केबल बिदेशी नै हो।
— नेपाली हप्सि?? (@Nepali_hapsi) August 13, 2019
ओ हो हो
अमेरिकाले भिसा दिएन भनेर हाम्रा विख्यात खेलाडीको रोइलो देख्दा हाम्रो सोंच कहाँ छ छर्लङ्ग भयो ??— Su Bi Ku Wayfarer™ (@NepaliWayfarer) August 13, 2019
सन्दिप लाम्छाने देउता हो ? माग्नेबितिक्कै भिसा दिनुपर्ने ??
— टुटुल्के™ 😉 (@Tutulke) August 13, 2019
सन्दीप लामिछानेलाई ट्रम्प काकाले भिषा दिएनछन् । दुख लाग्यो
— SHUPHAL KAFLE (@kshuphal) August 13, 2019
सन्दीप लाई भिषा दे भन्दै दूतावास घेराउ गर्न जाने कार्यक्रम छैन ? फुर्सद थियो मेरो त ?
— SanTos Gyawali (@San4Tos) August 13, 2019