काठमाडौँ जिल्ला क्रिकेट संघको अध्यक्षमा पाण्डे सर्वसम्मत

२०७६ श्रावण २८, मंगलवार १९:१५

काठमाडौँ जिल्ला क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे चयन भएका छन्। मंगलबार काठमाडौँको मैतीदेवीमा सम्पन्न साधारणसभाबाट पाण्डे सहित १४ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित भएका हुन्।

काठमाडौँका अध्यक्ष दिवाकर घलेले आफ्नो सदस्यता विनाकारण खारेज भएको भन्दै अदालतमा मुद्दा दायर गरेका कारण काठमाडौँको निर्वाचन ढिलाई भएको थियो। अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन भएको हो।

अमित वीर पाण्डे ( फाइल तस्वीर )

संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल तथा कोषाध्यक्षमा यूव वस्नेत रहेका छन्। यस्तै सदस्यहरुमा हिमाल राज गिरि, मनिष ढुंगेल, अजय वीर पाण्ड, रमन श्रेष्ठ, शामसन जंग थापा, प्रफुल्ल बैद्य, रितेश डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित ध्वज चन्द रहेका छन्।

यो संगै नेपाल क्रिकेट संघको सबै ३९ जिल्लाको निर्वाचन समाप्त भएको छ।

जिल्ला पछि अब क्रिकेट संघको प्रादेशिक चुनाव सम्पन्न हुनेछ। यस अघिनै ३ वटा प्रदेशको निर्वाचन सकीसकेको छ। सुदूरपश्चिम प्रदेशमा हरि रेग्मी, गण्डकी प्रदेशमा देवेन्द्र प्रजु र प्रदेश १ मा मिङ्ग्मा डण्डु शेर्पा निर्वाचित भइसकेका छन्।

अब प्रदेश-२, ३ र ५ को निर्वाचन पनि अगस्ट महिना भित्र सम्पन्न हुनेछ। कर्णाली प्रदेशमा मात्र १ जिल्ला हुनाले प्रदेश-५ मा गाभेर निर्वाचन गरिनेछ।

अक्टोबर दोश्रो साता अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बैठकले नेपाल क्रिकेट संघको प्रतिबन्ध हट्ने सम्भावना बढेको छ। अब प्रदेशको र केन्द्रिय निर्वाचन समाप्त गरिसकेपछि निलम्वन फुकुवा हुनेछ।

( फोटो – अनुज सापकोटा/विकेटनेपाल )

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy