काठमाडौँ जिल्ला क्रिकेट संघको अध्यक्षमा पाण्डे सर्वसम्मत

काठमाडौँ जिल्ला क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे चयन भएका छन्। मंगलबार काठमाडौँको मैतीदेवीमा सम्पन्न साधारणसभाबाट पाण्डे सहित १४ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित भएका हुन्।

काठमाडौँका अध्यक्ष दिवाकर घलेले आफ्नो सदस्यता विनाकारण खारेज भएको भन्दै अदालतमा मुद्दा दायर गरेका कारण काठमाडौँको निर्वाचन ढिलाई भएको थियो। अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन भएको हो।

अमित वीर पाण्डे ( फाइल तस्वीर )

संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल तथा कोषाध्यक्षमा यूव वस्नेत रहेका छन्। यस्तै सदस्यहरुमा हिमाल राज गिरि, मनिष ढुंगेल, अजय वीर पाण्ड, रमन श्रेष्ठ, शामसन जंग थापा, प्रफुल्ल बैद्य, रितेश डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित ध्वज चन्द रहेका छन्।

यो संगै नेपाल क्रिकेट संघको सबै ३९ जिल्लाको निर्वाचन समाप्त भएको छ।

जिल्ला पछि अब क्रिकेट संघको प्रादेशिक चुनाव सम्पन्न हुनेछ। यस अघिनै ३ वटा प्रदेशको निर्वाचन सकीसकेको छ। सुदूरपश्चिम प्रदेशमा हरि रेग्मी, गण्डकी प्रदेशमा देवेन्द्र प्रजु र प्रदेश १ मा मिङ्ग्मा डण्डु शेर्पा निर्वाचित भइसकेका छन्।

अब प्रदेश-२, ३ र ५ को निर्वाचन पनि अगस्ट महिना भित्र सम्पन्न हुनेछ। कर्णाली प्रदेशमा मात्र १ जिल्ला हुनाले प्रदेश-५ मा गाभेर निर्वाचन गरिनेछ।

अक्टोबर दोश्रो साता अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बैठकले नेपाल क्रिकेट संघको प्रतिबन्ध हट्ने सम्भावना बढेको छ। अब प्रदेशको र केन्द्रिय निर्वाचन समाप्त गरिसकेपछि निलम्वन फुकुवा हुनेछ।

( फोटो – अनुज सापकोटा/विकेटनेपाल )

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]