प्रतियोगिता खेल्न ग्रेट हिमालय एकेडेमी युएई प्रस्थान

२०७६ भाद्र ९, सोमबार १८:४६

काठमाडौँको ग्रेट हिमालय क्रिकेट एकेडेमी वाईटिसीय इन्भीटेसन कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन युएई प्रस्थान गरेको छ।

सोमबार राष्ट्रिय खेलकुद परिषदमा आयोजित विदाई कार्यक्रममा परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले सहभागी खेलाडीहरुलाई विदाई गर्नुभयो।

अगस्ट २६ देखि ३० सम्म संचालन हुने प्रतियोगियामा ग्रेट हिमालय सहित कुल ४ टोलि बीच प्रतिस्पर्धा हुनेछ। एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरिया क्रिकेट एकेडेमी, योङ्ग ट्यालेन्ट क्रिकेट एकेडेमी र किंग्स क्रिकेट एकेडेमी अन्य टोलि रहेका छन्।

३० ओभरको खेलहरु खेलिने प्रतियोगितामा युएई भित्रका १७ वर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउनेछन्। अजमन ओभल एमसीसी र अल बटाया मैदानमा खेलहरु संचालन हुनेछ।

एकेडेमीले यस अघि अगस्ट २०१७ मा पनि युएई भ्रमण गरेको थियो। भ्रमणलाई नयाँ अनुभव बटुल्ने अवसरको रुपमा लिएको एकेडेमीका अध्यक्ष सुदिप शर्माले बताएका छन्।

“बिगतमा बंगलादेशको चार पटक , भारतको तिन पटक र  दुबईको १ पटक सफल भ्रमण गरिसकेकोले यस एकेडेमीले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडीहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ।” शर्माले बताए। उनले भविष्यमा एकेडेमीले अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीहरु बीचको प्रतियोगिता नेपालमै गर्ने तयारी गरिरहेको खुलाए।

भ्रमण टोलि १६ जनाको रहेको छ जसमा १३ खेलाडी र ३ अफिसियल रहेका छन्।

भ्रमण टोलि – दिकेन्द्र शाह, अमित ढकाल, पियुष कुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त , संदेश पंगेनी, रोशन दवाडी, प्रतिक ढुंगाना, आदित्य कपुरी, बिराज शर्मा, राजु भुसाल, सचिन घिमिरे, अनुभव कार्की

प्रशिक्षक – सुदिप शर्मा , व्यवस्थापक – सुमन राज कार्की, सह व्यवस्थापक – नरेश केसी

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy