प्रतियोगिता खेल्न ग्रेट हिमालय एकेडेमी युएई प्रस्थान

काठमाडौँको ग्रेट हिमालय क्रिकेट एकेडेमी वाईटिसीय इन्भीटेसन कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन युएई प्रस्थान गरेको छ।

सोमबार राष्ट्रिय खेलकुद परिषदमा आयोजित विदाई कार्यक्रममा परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले सहभागी खेलाडीहरुलाई विदाई गर्नुभयो।

अगस्ट २६ देखि ३० सम्म संचालन हुने प्रतियोगियामा ग्रेट हिमालय सहित कुल ४ टोलि बीच प्रतिस्पर्धा हुनेछ। एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरिया क्रिकेट एकेडेमी, योङ्ग ट्यालेन्ट क्रिकेट एकेडेमी र किंग्स क्रिकेट एकेडेमी अन्य टोलि रहेका छन्।

३० ओभरको खेलहरु खेलिने प्रतियोगितामा युएई भित्रका १७ वर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउनेछन्। अजमन ओभल एमसीसी र अल बटाया मैदानमा खेलहरु संचालन हुनेछ।

एकेडेमीले यस अघि अगस्ट २०१७ मा पनि युएई भ्रमण गरेको थियो। भ्रमणलाई नयाँ अनुभव बटुल्ने अवसरको रुपमा लिएको एकेडेमीका अध्यक्ष सुदिप शर्माले बताएका छन्।

“बिगतमा बंगलादेशको चार पटक , भारतको तिन पटक र  दुबईको १ पटक सफल भ्रमण गरिसकेकोले यस एकेडेमीले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडीहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ।” शर्माले बताए। उनले भविष्यमा एकेडेमीले अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीहरु बीचको प्रतियोगिता नेपालमै गर्ने तयारी गरिरहेको खुलाए।

भ्रमण टोलि १६ जनाको रहेको छ जसमा १३ खेलाडी र ३ अफिसियल रहेका छन्।

भ्रमण टोलि – दिकेन्द्र शाह, अमित ढकाल, पियुष कुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त , संदेश पंगेनी, रोशन दवाडी, प्रतिक ढुंगाना, आदित्य कपुरी, बिराज शर्मा, राजु भुसाल, सचिन घिमिरे, अनुभव कार्की

प्रशिक्षक – सुदिप शर्मा , व्यवस्थापक – सुमन राज कार्की, सह व्यवस्थापक – नरेश केसी

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]