श्रीलंका टुरमा नेपाल यु-१९ टिमको दोश्रो अभ्यास खेल आज ( सम्पूर्ण जानकारी )

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंका पुगेको नेपाली यु-१९ क्रिकेट टिमले आज दोश्रो अभ्यास खेल खेल्दैछ।

मंगलबार नेपालले पहिलो अभ्यास सिन्हालिज स्पोर्ट्स क्लब यु-२३बिरुद्ध खेलेको थियो। रोमान्चक रहेको उक्त खेलमा नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २४१ रनको लक्ष्य सिन्हालिजले अन्तिम बलमा भेटाएको थियो।

दोश्रो अभ्यास खेलमा नेपाली युवा टिमको भेट बदुरालिया क्रिकेट क्लब बिरुद्ध हुनेछ। सरे मगुन मैदानमा हुने खेल स्थानीय समय १० बजे अर्थात् नेपाली समय १०:१५ बजे सुरु हुनेछ। खेलको अपडेट विकेटनेपाल पेज र वेबसाइटमा हुनेछ। नेपालले तेश्रो अभ्यास खेल शुक्रबार चिलाव मारियन्ससंग खेल्नेछ।

Aasif Sheikh

पहिलो अभ्यास खेलमा अन्तिम-११ मा मौका नपाएको तिब्र गति बलर प्रतिस जिसी र मध्यक्रमका ब्याट्सम्यान खडक बोहराले दोश्रो अभ्यास खेलमा मौका पाउनेछन्। सिन्हालिज बिरुद्ध खेलमा १३ जना खेलाडीले खेलेका थिए।

पहिलो अभ्यास खेलमा नेपालको ब्याटिंग पक्ष राम्रो देखिएको थियो। रित गौतम र पवन सर्राफले राम्रो ओपनिङ्ग साझेदारी गरेका थिए भने ओपनर बाट तेश्रो नम्बरमा ब्याटिंग गर्न थालेका आसिफ शेखले ८८ रनको उत्कृस्ट इनिंग खेलेका थिए। तल्लो क्रममा भिम शार्की, हरि चौहान , भिम शार्कीले पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए।

बलिङ्गतर्फ भने नेपालको प्रदर्शन उच्च रहन सकेको थिएन। अफ स्पिनर पवन सर्राफले ३ विकेट लिंदै उत्कृस्ट सावित गरेका थिए भने अन्य बलरको प्रदर्शन खास रहन सकेको थिएन। अन्तिमको ओभरहरुमा किफायती बलिङ्ग गर्न नसक्दा नेपालले हार बेहोर्नु परेको थियो। सो कमजोरी नेपालले सुधार्नु पर्नेछ।

पवन सर्राफले अल-राउण्ड योगदान दिएका थिए

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान ) , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी , प्रशिक्षक – बिनोद  दास

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy