प्रदेश-२ क्रिकेट संघको अध्यक्षमा भगत

नेपाल क्रिकेट संघ अन्तर्गत प्रदेश-२ को विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ।

महोत्तरीको बर्दिबासमा सम्पन्न साधारणसभाले हिरा भगतलाई अध्यक्ष निर्वाचित गर्दै १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष सुनिलकुमार महासेठ रहेका छन् भने सचिव आयुश श्रेष्ठ तथा कोषाध्यक्ष पवनकुमार गुप्ता चुनिएका छन्।

समितिको सदस्यहरुमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।

Hira Bhagat

यो संगै नेपाल क्रिकेट संघको अब प्रदेश-३ बाहेक सबै प्रदेशको निर्वाचन सकिएको छ। हालसम्म प्रदेश-२, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश-१ तथा गण्डकी प्रदेशको प्रादेशिक क्रिकेट संघको निर्वाचन सम्पन्न भइसकेको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा तथा प्रदेश-५र६ बाट दुर्गा थापा अध्यक्ष निर्वाचित भइसकेका छन्।

प्रदेशको निर्वाचन सकिए पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।





थप समाचार

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]