प्रदेश-२ क्रिकेट संघको अध्यक्षमा भगत

नेपाल क्रिकेट संघ अन्तर्गत प्रदेश-२ को विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ।

महोत्तरीको बर्दिबासमा सम्पन्न साधारणसभाले हिरा भगतलाई अध्यक्ष निर्वाचित गर्दै १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष सुनिलकुमार महासेठ रहेका छन् भने सचिव आयुश श्रेष्ठ तथा कोषाध्यक्ष पवनकुमार गुप्ता चुनिएका छन्।

समितिको सदस्यहरुमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।

Hira Bhagat

यो संगै नेपाल क्रिकेट संघको अब प्रदेश-३ बाहेक सबै प्रदेशको निर्वाचन सकिएको छ। हालसम्म प्रदेश-२, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश-१ तथा गण्डकी प्रदेशको प्रादेशिक क्रिकेट संघको निर्वाचन सम्पन्न भइसकेको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा तथा प्रदेश-५र६ बाट दुर्गा थापा अध्यक्ष निर्वाचित भइसकेका छन्।

प्रदेशको निर्वाचन सकिए पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy