डीएभीलाई अन्तर स्कुल इन्डोर क्रिकेटको उपाधि

तेश्रो सुशील केडिया मेमोरियल अन्तर विद्यालय र कलेज स्तरीय इन्डोर क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

डीएभी सुशील केडिया विश्व भारती स्कुल द्वारा आयोजित प्रतियोगिताको स्कुल र कलेज इन्डोरको उपाधि आयोजक डीएभी स्कुललेनै जित्यो।

स्कुलतर्फको फाइनलमा डीएभीले अक्षरा स्कुललाई ५३ रनले सहजै पराजित गर्यो। पहिले ब्याटिंग गर्दै निर्डीधारित १० ओभरमा डीएभीले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा अक्षराले ५३ रन मात्रै बनाउन सक्यो। प्लेयर अफ द म्याच समेत चुनिएका डीएभीका सक्षम न्यौपानेले सर्वाधिक ३० रन बनाए।

यस अघि आइतबारनै सम्पन्न सेमीफाइनल खेलहरुमा डीएभीले नाइटेंगल कलेजलाई १२ रनले पराजित गरको थियो। पहिले ब्याटिंग गर्दै डीएभीले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा नाइटेंगलले ७७ रन बनाउन सक्यो। अर्को सेमीफाइनलमा अक्षराले विश्वनिकेतनलाई २० रनले पराजित गरेको थियो जुन क्रममा अक्षराले दिएको ६६ रनको लक्ष्य पछ्याउदा विश्वनिकेतनले ४५ रन मात्र बनाउन सकेको थियो।

स्कुलतर्फ प्रतियोगिताकै उत्कृस्ट खेलाडी नाइटेंगल कलेजका सुशान्त यादब चुनिए। यस्तै उत्कृस्ट ब्याट्सम्यान विश्वनिकेतनका सुनिल ठाकुर , उत्कृस्ट बलर डीएभीका प्रसिद्ध बज्राचार्य र उत्कृस्ट विकेटकिपर डीएभीकै इनप महर्जन घोषित भए।

कलेजतर्फको फाइनलमा डीएभी सिनियर स्कुलले रोमान्चक खेलमा ब्लुबर्ड कलेजलाई २ रनले पराजित गर्यो। डीएभीले दिएको ७० रनको लक्ष्य पछ्याउने क्रममा ब्लुबर्डले ६७ रन बनाउन सक्यो। जितमा प्लेयर अफ द म्याच चुनिएका डीएभीका पियुश शाहले १५ रन बनाउनुको साथै १ महत्वपूर्ण विकेट समेत लिए।

कलेजतर्फ उत्कृस्ट खेलाडी डीएभीका नितिन अग्रवाल चुनिए भने उत्कृस्ट बलर डीएभीकै अंकित अग्रवाल र उत्कृस्ट ब्याट्सम्यान ब्लुबर्डका दिपक डुम्रे चुनिए।

अगस्ट २५ बाट ललितपुरको भनिमण्डल स्थित इन्डोरमा सम्पन्न प्रतियोगितामा कुल २४ स्कुल र कलेजहरुको सहभागिता रहेको थियो।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]