कोहली चम्किदा दक्षिण अफ्रीका सहजै पराजित, रोहितलाई उछिन्दै कोहलीको नयाँ किर्तिमान

२०७६ आश्विन १, बुधबार २२:४८

दक्षिण अफ्रीकाको भारत टुर अन्तर्गत दोश्रो टि-२० मा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले सहजै पराजित गरेको छ।

सिरिज अन्तर्गत पहिलो टि-२० वर्षाको कारण नतिजाविहिन रहेको थियो। तेश्रो तथा अन्तिम टि-२० आइतबार बैंगलुरुमा खेलिनेछ। दक्षिण अफ्रीकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा १२ रन बनाएर आउट भए पछि शिखर धवन र बिराट कोहलीले दोश्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। धवनलाई १२ औं ओभरमा ताब्रिज शाम्सीले लंग अन बाउन्ड्रीमा उत्कृस्ट क्याच लिंदै आउट गरे। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

धवनको विकेट पछि रिशभ पन्त ४ रन बनाएर आउट भए। त्यसपछि कोहली र श्रेयस ऐयरले चौथो विकेटको लागि अविजित ४७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। कोहलीले २१ औं अर्धशतक बनाउने क्रममा ५२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। ऐयरले अविजित १४ बलमा २ चौका प्रहार गर्दै १६ रन बनाए।

प्लेयर अफ द म्याच चुनिएका कोहली टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। कोहलीको ७१ खेलमा २ हजार ४ सय ४१ रन छ भने दोश्रो स्थानमा रहेका रोहित शर्माको २ हजार ४ सय ३४ रन रहेको छ। तेश्रो स्थानमा रहेका न्युजिल्याण्डका मार्टिन गप्टिलको २ हजार २ सय ८३ रन रहेको छ। कोहलीको टेस्ट, एकदिवसीय र टि-२० तिन वटै फर्म्याटमा औशत ५० भन्दा माथि रहेको छ जुन विश्व क्रिकेटमा कसैको पनि छैन।

दक्षिण अफ्रीकाको ईनिंग 

टस हारेर ब्याटिंग गर्ने क्रममा दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो।

ओपनर तथा कप्तान क्विनटन डीककले सर्वाधिक ५२ तथा तेम्बा बभुमाले ४९ रन बनाएर राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो योगफलमा भने टिमले परिणत गर्न असफल रह्यो। डीककले ३७ बलमा ८ चौका तथा बभुमाले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनर रिजा हेन्ड्रिक्स ६ रन बनाएर आउट भएपछि डीकक र बभुमाले दोश्रो विकेटको लागि ५७ रनको साझेदारी गरेका थिए। डीकक आउट भए पछि भने दक्षिण अफ्रीकाले ठुलो साझेदारी बनाउन सकेन।

भारतको बलिंगमा दिपक चाहरले २ ( ४-०-२२-२  तथा नभदिप सैनी ( ४-०-३४-१ ) , रभिन्द्र जडेजा ( ४-०-३१-१ ) र हार्दिक पान्ड्या ( ४-०-३१-१ ) ले समान १/१ विकेट लिए।

दिपक चाहर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy