कोहली चम्किदा दक्षिण अफ्रीका सहजै पराजित, रोहितलाई उछिन्दै कोहलीको नयाँ किर्तिमान

दक्षिण अफ्रीकाको भारत टुर अन्तर्गत दोश्रो टि-२० मा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले सहजै पराजित गरेको छ।

सिरिज अन्तर्गत पहिलो टि-२० वर्षाको कारण नतिजाविहिन रहेको थियो। तेश्रो तथा अन्तिम टि-२० आइतबार बैंगलुरुमा खेलिनेछ। दक्षिण अफ्रीकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा १२ रन बनाएर आउट भए पछि शिखर धवन र बिराट कोहलीले दोश्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। धवनलाई १२ औं ओभरमा ताब्रिज शाम्सीले लंग अन बाउन्ड्रीमा उत्कृस्ट क्याच लिंदै आउट गरे। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

धवनको विकेट पछि रिशभ पन्त ४ रन बनाएर आउट भए। त्यसपछि कोहली र श्रेयस ऐयरले चौथो विकेटको लागि अविजित ४७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। कोहलीले २१ औं अर्धशतक बनाउने क्रममा ५२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। ऐयरले अविजित १४ बलमा २ चौका प्रहार गर्दै १६ रन बनाए।

प्लेयर अफ द म्याच चुनिएका कोहली टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। कोहलीको ७१ खेलमा २ हजार ४ सय ४१ रन छ भने दोश्रो स्थानमा रहेका रोहित शर्माको २ हजार ४ सय ३४ रन रहेको छ। तेश्रो स्थानमा रहेका न्युजिल्याण्डका मार्टिन गप्टिलको २ हजार २ सय ८३ रन रहेको छ। कोहलीको टेस्ट, एकदिवसीय र टि-२० तिन वटै फर्म्याटमा औशत ५० भन्दा माथि रहेको छ जुन विश्व क्रिकेटमा कसैको पनि छैन।

दक्षिण अफ्रीकाको ईनिंग 

टस हारेर ब्याटिंग गर्ने क्रममा दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो।

ओपनर तथा कप्तान क्विनटन डीककले सर्वाधिक ५२ तथा तेम्बा बभुमाले ४९ रन बनाएर राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो योगफलमा भने टिमले परिणत गर्न असफल रह्यो। डीककले ३७ बलमा ८ चौका तथा बभुमाले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनर रिजा हेन्ड्रिक्स ६ रन बनाएर आउट भएपछि डीकक र बभुमाले दोश्रो विकेटको लागि ५७ रनको साझेदारी गरेका थिए। डीकक आउट भए पछि भने दक्षिण अफ्रीकाले ठुलो साझेदारी बनाउन सकेन।

भारतको बलिंगमा दिपक चाहरले २ ( ४-०-२२-२  तथा नभदिप सैनी ( ४-०-३४-१ ) , रभिन्द्र जडेजा ( ४-०-३१-१ ) र हार्दिक पान्ड्या ( ४-०-३१-१ ) ले समान १/१ विकेट लिए।

दिपक चाहर




थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]