नेपाल र आयोजक सिंगापुर खेल्दै, यस्तो छ पछिल्लो ४ खेलको नतिजा

२०७६ आश्विन ११, शनिबार ०९:१२

सिंगापुरमा जारि नेपाल, सिंगापुर र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा जिम्बाब्वेलाई प्रतिस्पर्धा दिएता पनि ५ विकेटले पराजित भएको नेपाल सिंगापुरसंग जितको खोजिमा हुनेछ। २ महिना अघि सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया )  प्रतियोगितामा सिंगापुरसंग पराजित हुँदै नेपाल टि-२० विश्वकप छनौट प्रतियोगिता खेल्न चुकेको थियो। सोहि हारको पिंडा भुलाउने अवसर पनि आज नेपाली टिमलाई रहेको छ।

सिंगापुरको इन्डीएन एसोसिएसन मैदानमा खेलिने खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ।

सिंगापुर VS नेपाल – पछिल्लो ४ खेलमा नतिजा

नेपालले सिंगापुरसंग हालसम्म ४ वटा टि-२० खेलेको छ भने त्यसमध्ये पछिल्लो खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। ४ मध्ये पछिल्लो खेलमा नेपाल पराजित हुँदा त्यस अघिको २ खेलमा नेपाल विजेता बनेको थियो भने १ खेल नतिजाविहिन रहेको थियो। टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपालले सिंगापुरलाई परजित गर्न सकेको छैन।

Dipendra Chaudhary

२००९ एसीसी टि-२० ( युएई ) : नेपाल ९ विकेटले विजयी

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। बिनोद दास ( ३.४-०-२१-३ ) र सन्जम रेग्मीले ( ४-०-१९-३ ) ३/३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए। ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन ( ४० बल, ४ चौका र १ छक्का ) तथा नरेश बुढायरले ३२ रन ( ३९ बल, ३ चौका ) बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो।

२०१३ एसीसी टि-२० ( नेपाल ) : नेपाल १२१ रनले विजयी

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २०० रन माथिको योगफल तयार गरेको थियो। २० ओभरमा २१०/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन ( ३४ बल, ४ छक्का र २ चौका ) बनाएका थिए। यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरिले समान ३०/३० , तथा शरद भेसावकरले २६ रन बनाएका थिए। २११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो। बसन्त रेग्मीले ३ विकेट ( ४-१-१७-३ ) , शक्ति गौचनले २ विकेट ( ३-०-१३-२ ) लिएका थिए।

Binod Bhandari

२०१८ आईसीसी टि-२० विश्वकप छनौट एसिया ( बि ) छनौट : नतिजाविहिन

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो। सिंगापुरको लागि ओपनर चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए। मनप्रित सिंह र सिधान्तले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। नेपालको बलिंगमा सन्दिप लामिछानेले ४ विकेट ( ३.३-०-१६-४ ) तथा करन केसी ( ३-०-१८-२ ) र सोमपाल कामिले ( ३-०-२०-२ ) ले २/२ विकेट लिएका थिए।

नेपालले ब्याटिंग सुरु गर्दा ३ बल मात्रै खेलेको थियो जुन समयमा वर्षाले खेल रोकिएको थियो। खेल पुनः सुचारु हुन नपाएपछि दुवै टिमले १/१ अंक बाँडेको थियो।

नेपालले ब्याटिंग सुरु गर्दा ३ बल मात्रै खेलेको थियो जुन समयमा वर्षाले खेल रोकिएको थियो। खेल पुनः सुचारु हुन नपाएपछि दुवै टिमले १/१ अंक बाँडेको थियो। उक्त खेल पनि अघोषित फाइनल जस्तै रहेको थियो। तर वर्षाले खेल पुरा हुन नसकेपछि नेट रनरेटको आधारमा नेपाल प्रतियोगिता विजेता भएको थियो।

२०१९ टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) : सिंगापुर ८२ रनले विजयी

यो खेल जिते नेपाल टि-२० विश्वकप छनौट प्रतियोगिता खेल्न पाउने थियो। खेलमा सिंगापुरले टस जितेर ब्याटिंग रोज्यो।

आफ्नो घरेलु मैदानमा उसले विस्फोटक ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको विशाल योगफल तयार गर्यो। टिम डेभिडले ४३ बलमा ३ छक्का र ८ चौका मदतले सर्वाधिक ७७ रन बनाए। यस्तै रोहन रंगराजनले ४९ तथा मन्प्रित सिंहले ४२ रन बनाए। नेपालको बलिंगमा अविनाश बोहराले ४ विकेट तथा करन केसीले २ विकेट लिए। सन्दिप लामिछानेले ३ ओभरमा ३४ तथा बसन्त रेग्मीले ४ ओभरमा ५४ रन खर्चेता पनि विकेट लिन सकेनन्।

Tim David

जवाफी ब्याटिंग गरेको नेपालले आक्रामक सुरुवात गरेता पनि निरन्तर अन्तरालमा विकेट गुमाउन पुगेको थियो। दबाबमा ब्याटिंग चल्न नसक्दा नेपालले १५ ओभरमा १०९ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो र ठुलो हार बेहोर्यो। ज्ञानेन्द्र मल्लले ३९, दिपेन्द्र ऐरीले २३ , पारस खड्काले १२ तथा सोमपाल कामिले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सिंगापुर बलर सल्लाडोर विजयकुमारले ४ तथा भिनोथ बस्करनले २ विकेट लिए।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy