पारसको विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक, सिंगापुर बिरुद्ध नेपालको विशाल जित

पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक प्रहार गर्दा सिंगापुरमा जारि त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरलाई ९ विकेटको ठुलो अन्तरले पराजित गरेको छ। सिरिज अन्तर्गत नेपाल शुक्रबार पहिलो खेलमा जिम्बाब्वेसंग ५ विकेटले पराजित भएको थियो।

पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर १६ ओभरमा पुरा गर्यो। नेपालको टि-२० अन्तर्राष्ट्रियमा बल बाँकी रहेको आधारमा यो दोश्रो छिटो जित हो भने विकेटको आधारमा सबैभन्दा ठुलो अन्तरको जित हो। यस्तै नेपालले लक्ष्य पछ्याउने क्रममा बनाएको यो नै सबैभन्दा ठुलो योगफल हो।

लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर इशान पाण्डे ५ रन बनाएर दोश्रो ओभरमा आउट भएका थिए। ६ बलमा १ चौका प्रहार गरेका पाण्डेलाई जनक प्रकासले एलबिडब्लु धरापमा पारेका थिए।

पहिलो विकेट छिट्टै गुमाएपछि दोश्रो विकेटको लागि कप्तान पारस खड्का र आरिफ शेखले उत्कृस्ट साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे। यस क्रममा पारसले विस्फोटक ब्याटिंग गर्दै मात्र २८ बलमा अर्धशतक पुरा गरे।

<img class=”size-full wp-image-6645″ src=”https://khelnepal.com/wp-content/uploads/2019/09/gettyimages-929118068-2048×2048-1024×719.jpg” alt=”” width=”1024″ height=”719″ /> Paras Khadka ( File Photo )

त्यसपछि पनि पारस रोकीएनन् र लगातार आक्रामक ब्याटिंग गर्दै ४८ बलमा शतक पुरा गरेका थिए। टिम डेभिडले गरेको १५ औं ओभरको अन्तिम बलमा पारसले छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए।

पारस र आरिफले मात्र ८७ बलमा १४५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। पारसले ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यस्तै आरिफले ३८ बलमा ५ चौका मदतले ३९ रन बनाए। १४५ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपाली ब्याट्सम्यानको ठुलो साझेदारी हो। यस अघि नेपालको सर्वाधिक ठुलो साझेदारी ८५ रनको थियो जुन पारसले शरद भेसावकरसंग २०१४ टि-२० विश्वकपमा बंगलादेश बिरुद्ध गरेका थिए।

पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा पनि नेपालको लागि शतक बनाउने पारसनै पहिलो र एक मात्र क्रिकेटर हुन्। उनले एकदिवसीयमा यसरी वर्ष जनवरीमा युएई बिरुद्ध शतक बनाएका थिए। यस अघि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक व्यक्तिगत रन पारसकै रहेको थियो जसले मलेसिया बिरुद्ध अविजित ८६ रन बनाएका थिए।

<strong>सिंगापुरको इनिंग </strong>

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सिंगापुरले २० ओभर ब्याटिंग गर्दै ३ विकेट गुमाएर १५१ रन बनाएको थियो।

६ रन बनाएका सिंगापुर ओपनर रोहन रंगराजनलाई करन केसीले चौथो ओभरमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच दिलाउदै पहिलो विकेट दिलाएका थिए। त्यसपछि अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहन र कप्तान टिम डेभिडले दोश्रो विकेटको लागि ३५ रनको साझेदारी गरे। २६ बलमा ५ चौका र १ छक्का मदतले ३५ रन बनाएका चन्द्रमोहनलाई नवौं ओभरमा सुशन भारिले बोल्ड गर्दै करियरकै पहिलो टि-२० अन्तर्राष्ट्रिय विकेट लिए।

दोश्रो विकेट गुमेपछि सिंगापुरको इनिंगलाई टिम डेभिडले अघि बढाए। उनले मनप्रित सिंह ( १५ रन ) संग तेश्रो विकेटको लागि ४५ रनको साझेदारी गरे। त्यसपछि पनि उनले अन्तिमसम्म ब्याटिंग गरे जुन क्रममा चौथो विकेटको लागि जनक प्रकाससंग ४९ रनको साझेदारी गरे।

<img class=”size-full wp-image-6638″ src=”https://khelnepal.com/wp-content/uploads/2019/09/71152968_2462039707168503_4186590092707495936_n.jpg” alt=”” width=”960″ height=”445″ /> Tim David ( File Photo )

टिम डेभिडले अविजित ६४ रन बनाए जुन क्रममा ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै जनक प्रकासले अविजित १८ बलमा २५ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का प्रहार गरे।

अन्तिमको ओभरहरुमा नेपालले किफायती बलिंग गर्यो। १८ औं ओभरमा सन्दिपले मात्र ७ रन दिए भने अविनाश बोहराले १९ औं ओभरमा २ रन मात्रै खर्चिए। सोमपाल कामिले अन्तिम ओभरमा १५ रन दिएपछि सिंगापुरले १५० रनको योगफल पार गर्न सक्यो।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) हात पारे भने देब्रे हाते स्पिनर सुशन भारिले १ विकेट ( ४-०-२७-१ ) लिए। सन्दिप लामिछानेले ४ ओभरमा मात्र १८ रन खर्चे पनि विकेटविहिन रहे। सोमपाल कामिले महँगो सावित हुने क्रममा ४ ओभरमा ४४ रन खर्चिए र विकेट विहिन रहे।

<img class=”size-full wp-image-6630″ src=”https://khelnepal.com/wp-content/uploads/2019/09/SI_M0192.jpg” alt=”” width=”1024″ height=”720″ /> नेपाली टिमका बलिंग प्रशिक्षक बुरिती भेंकटरामले सुशन भारिलाई डेब्यु क्याप प्रदान गरे

<strong>सुशन भारिको डेब्यु </strong>

देब्रे हाते स्पिनर सुशन भारि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ३० औं खेलाडी बनेका छन्। सन् २०१७ इमर्जिंग कपमा सुशनले नेपालको लागि डेब्यु गरेका थिए। जिम्बाब्वेसंगको खेलमा अन्तिम-११ मा रहेका सन्दिप जोराको सट्टा सिंगापुरसंग सुशन टिममा परेका हुन्। भारिले यो वर्ष प्रधानमन्त्री कपमा कुल १३ विकेट लिएर उत्कृस्ट खेलाडी चुनिएका थिए। यस्तै नेपालगंजमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा समेत भारि प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]