वुमन्स च्याम्पियन्स लिगको भब्य उद्घाटन, चितवनसंग काठमान्डौ पराजित

क्विन्स इभेन्ट प्रा लि द्वारा आयोजित वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेल चितवन राइनोजले जितेको छ । उसले क्याट क्विन्स काठमान्डौलाई ५ विकेटले पराजित गरेको हो ।

किर्तिपुर मैदानमा भएको खेलमा क्याट क्विन्स काठमान्डौले दिएको ९३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १८.३ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । चितवनको लागि सुमन खतिवडाले २३ बलमा २९ रन बनाइन । त्यस्तै प्यारी चौधरीले १९ रन, ऋतु कनोजियाले १४ रन र काजल श्रेष्ठले ११ रन बनाए ।

काठमान्डौका इश्वरी बिस्टले २ विकेट लिंदा संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान १/१ विकेट लिए ।

यसअघि ब्याटिंग गरेको काठमान्डौले पुरै २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि रश्मि चौलागाईले २५ बलमा ३४ रन र सरस्वती चौधरीले १५ रन बनाएका थिए ।

चितवनका तर्फबाट प्लेयर अफ द म्याच समेत घोषित सन्तोषी चौधरीले ३ विकेट लिईन भने रेखा रावल र कविता गौतमले समान २/२ विकेट लिए ।

आज देखि सुरु भएको प्रतियोगिता कार्तिक ७ गतेसम्म संचालन हुने छ । यसमा पोखरा पल्टन, चितवन राइनोज, क्याट क्विन्स काठमान्डौ , ललितपुर फाल्कन्स र बिराटनगर टाइटन्स गरि ५ टिमहरुको सहभागिता रहेको छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]