चिन बिरुद्ध नेपाल सहजै विजयी : बि एण्ड आर कप

२०७६ कार्तिक २७, बुधबार १९:४६

चिनमा जारि ‘बी एण्ड आर कप’ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ ।

बुधबार भएको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेको हो। यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपाल थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो। अंकतालिका 

खेलमा चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले सहजै पूरा गर्यो । चीनले १० ओभरमा ३७ रन बनाउँदै पूरै विकेट गुमाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ६ ओभरमा दुई विकेट गुमाउँदै ३८ रन बनाउन सफल भएको थियो।

जितमा इश्वरी विस्ट उत्कृस्ट खेलाडी घोषित भइन् जसले ३ विकेट हात पारेकी थिईन्। थाईल्याण्ड बिरुद्ध पहिलो खेलमा एकै ओभरमा २० रन खर्चेर खराब प्रदर्शन गरेकी बिस्टले दोश्रो खेलमा भने उत्कृस्ट प्रदर्शन गरिन्।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल विहिबार म्यानमारसंग तथा शुक्रबार मलेसियासंग खेल्नेछ। प्रतियोगितामा नेपाल लगायत चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड  गरि कुल ५ टिम सहभागी छन्।

खेलको भिडियो 

https://www.youtube.com/watch?v=AiCeuG2yy-I

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy