टि-१० लिग : अन्तिम-११ मा राखिएन पारसलाई

२०७६ मंसिर २, सोमबार २०:०५

युएईमा जारि टि-१० लिग अन्तर्गत आफ्नो तेश्रो खेल खेल्ने क्रममा टिम आबु धाबीले नेपाली क्रिकेटर पारस खड्कालाई अन्तिम-११ मा समावेस नगरेको हो।

क्रिस लिन कप्तानीको मराठा अरबीयन्स बिरुद्ध आबु धाबीले पारसलाई मौका नदिएको हो।

लिगमा यस अघि पारसले दुइ खेल खेल्ने मौका पाएता पनि अन्तिममा मात्र ब्याटिंग गर्न पाएका थिए। पहिलो खेलमा कलन्दर्स बिरुद्ध मौका पाउनु क्रममा पारसले अविजित ३ बलमा ३ रन बनाएका थिए भने दोश्रो खेलमा नर्थर्न वारियर्स बिरुद्ध १ बलमा १ रन बनाएर अविजित रहेका थिए।

पहिलो पटक विदेशी लिग खेल्न छनौट भएका पारस पहिलो पटक बेञ्चमा बस्नेछन्। जारि खेलमा टिम आबु धाबीले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ।

आबु धाबीले यस अघि खेलेको २ खेलमा १ जित र १ बराबरी नतिजा निकालेको थियो। ३ अंक सहित आबु धाबी समुह ‘बि’ अंक तालिकामा दोश्रो स्थानमा रहेको छ।

टि-१० लिग अन्तर्गत आज सन्दिप लामिछानेको टिम कर्नाटकाले डेक्कन ग्ल्याडीएटर्ससंग हार बेहोर्यो। खेलमा सन्दिप लामिछानेले २ ओभर बलिङ्ग गर्दै ३५ रन खर्चेर महँगो सावित बने। यस क्रममा सन्दिपलाई काइरन पोलार्डले लगातार ४ छक्का प्रहार गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy