टि-१० लिग : अन्तिम-११ मा राखिएन पारसलाई

युएईमा जारि टि-१० लिग अन्तर्गत आफ्नो तेश्रो खेल खेल्ने क्रममा टिम आबु धाबीले नेपाली क्रिकेटर पारस खड्कालाई अन्तिम-११ मा समावेस नगरेको हो।

क्रिस लिन कप्तानीको मराठा अरबीयन्स बिरुद्ध आबु धाबीले पारसलाई मौका नदिएको हो।

लिगमा यस अघि पारसले दुइ खेल खेल्ने मौका पाएता पनि अन्तिममा मात्र ब्याटिंग गर्न पाएका थिए। पहिलो खेलमा कलन्दर्स बिरुद्ध मौका पाउनु क्रममा पारसले अविजित ३ बलमा ३ रन बनाएका थिए भने दोश्रो खेलमा नर्थर्न वारियर्स बिरुद्ध १ बलमा १ रन बनाएर अविजित रहेका थिए।

पहिलो पटक विदेशी लिग खेल्न छनौट भएका पारस पहिलो पटक बेञ्चमा बस्नेछन्। जारि खेलमा टिम आबु धाबीले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ।

आबु धाबीले यस अघि खेलेको २ खेलमा १ जित र १ बराबरी नतिजा निकालेको थियो। ३ अंक सहित आबु धाबी समुह ‘बि’ अंक तालिकामा दोश्रो स्थानमा रहेको छ।

टि-१० लिग अन्तर्गत आज सन्दिप लामिछानेको टिम कर्नाटकाले डेक्कन ग्ल्याडीएटर्ससंग हार बेहोर्यो। खेलमा सन्दिप लामिछानेले २ ओभर बलिङ्ग गर्दै ३५ रन खर्चेर महँगो सावित बने। यस क्रममा सन्दिपलाई काइरन पोलार्डले लगातार ४ छक्का प्रहार गरे।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]