एमएम कप : राम्रो सुरुवातको बाबजुद कर्णाली १२९ रनमै सिमित,आलमले लिए ३ विकेट

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेश र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा कर्णाली प्रदेश नेपाल पुलिस क्लबसंग २६७ रनले पराजित भएको थियो।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णालीले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको छ। स्कोरकार्ड 

राम्रो सुरुवात गरेको कर्णालीको लागि पहिलो विकेटको रुपमा कप्तान रबिन्द्र जंग शाही र बिपिन रावलले ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा अफ स्पिनर हरि शंकर शाहले १० रन बनाएका रावललाई पेभेलियन फर्काएपछि कर्णालीले लगातार विकेट गुमाएको थियो।  मध्यक्रममा विजय बिस्ट, १, टेक सलामी ५, प्रकाश जैसी १५ तथा दिनेश अधिकारी ३ रन बनाएर आउट भए।

Rabindra Jung Shahi

२० औं ओभरमा रबिन्द्रलाई लेग स्पिनर कुमार थापाले क्याच आउट गराए। अर्धशतक बनाउन चुकेका रबिन्द्रले ६८ बलमा ६ चौका र १ छक्का मदतले ४६ रन बनाए।

दिवान पुनले २३ रन बनाएता पनि तल्लो क्रमका ब्याट्सम्यानहरुले खास योगदान दिन नसक्दा कर्णाली ३२ औं ओभरमा १२९ रनमै समेटिन पुग्यो।

प्रदेश-२ को बलिंगमा कप्तान मेहबुब आलमले सर्वधिक ३ विकेट लिए। देब्रे हाते स्पिन गरेका आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। आदील अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश-३ तथा समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]