एमएम कप : राम्रो सुरुवातको बाबजुद कर्णाली १२९ रनमै सिमित,आलमले लिए ३ विकेट

२०७६ पुष २४, बिहीबार ११:५३

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेश र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा कर्णाली प्रदेश नेपाल पुलिस क्लबसंग २६७ रनले पराजित भएको थियो।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णालीले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको छ। स्कोरकार्ड 

राम्रो सुरुवात गरेको कर्णालीको लागि पहिलो विकेटको रुपमा कप्तान रबिन्द्र जंग शाही र बिपिन रावलले ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा अफ स्पिनर हरि शंकर शाहले १० रन बनाएका रावललाई पेभेलियन फर्काएपछि कर्णालीले लगातार विकेट गुमाएको थियो।  मध्यक्रममा विजय बिस्ट, १, टेक सलामी ५, प्रकाश जैसी १५ तथा दिनेश अधिकारी ३ रन बनाएर आउट भए।

Rabindra Jung Shahi

२० औं ओभरमा रबिन्द्रलाई लेग स्पिनर कुमार थापाले क्याच आउट गराए। अर्धशतक बनाउन चुकेका रबिन्द्रले ६८ बलमा ६ चौका र १ छक्का मदतले ४६ रन बनाए।

दिवान पुनले २३ रन बनाएता पनि तल्लो क्रमका ब्याट्सम्यानहरुले खास योगदान दिन नसक्दा कर्णाली ३२ औं ओभरमा १२९ रनमै समेटिन पुग्यो।

प्रदेश-२ को बलिंगमा कप्तान मेहबुब आलमले सर्वधिक ३ विकेट लिए। देब्रे हाते स्पिन गरेका आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। आदील अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश-३ तथा समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy