धनगढी प्रिमियर लिगको चौथौ संस्करणको मिति सर्यो

धनगढी, २१ माघ ।

धनगढी प्रिमियर लिगको चौथौ संस्करण पछाडी धकेलिएको छ । धनगढी प्रिमियर लिगको चौथौ संस्करण आउदो कात्तिक ८ गते देखि २२ गते अर्थात अक्टोम्बर २४ देखि नोभेम्बर ७ सम्म हुने जनाएको छ ।

यही फेब्रुअरी १५ देखि २७ सम्म गर्ने घोषणा गरिसकेको भए पनि  नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्यस्त अन्तर्रा्ष्ट्रिय  क्यालेन्डरका कारण प्रतियोगिता केहि समय मिति सरेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष   सुवास शाहीले एक प्रेस बिज्ञप्ती निकाल्दै जानकारी दिएका छन ।

देशमै पहिलो पटक विभिन्न शहरको टिमसहितको फ्रेन्चाइजी क्रिकेटको अवधारणा शुरु गरेको धनगढी प्रिमियर लिगले यस ठाउँलाई चिनाउन सफल भएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले सहभागिता जनाउने छन् । सहभागि टिममा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् ।गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]