अमेरिकाविरूद्ध नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तगर्त अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिका‍माथि ८ विकेटको जित हात पारेको हो।

अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्यो।

सन्दीपले ६ र सुसानले ४ विकेट लिए। अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को सबैभन्दा कम योगफल हो।

सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई पनि ३५ रनमै अलआउट गरेको थियो।

नेपालले जितसँगै त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो।

ओमानले भने सिरिजको चारवटै खेल जितेको छ। जितसँगै ओमान समूहको शीर्ष स्थानमा पनि उक्लेको छ।

यो समूहमा नेपालसहित सात देश सहभागी छन्।

समूहको शीर्ष तीन टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]