कर्पोरेट सुपर सिक्स : एनसेल ‘ए’ , कामना, सेन्चुरी र एनआईसी एसिया क्वार्टरफाइनलमा

काठमाडौँमा जारि छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिता अन्तर्गत एनसेल ‘ए’ , कामना सेवा विकास बैंक, सेन्चुरी बैंक र एनआईसी एसिया बैंक क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। यस्तै मेगा बैंक, इन्डियन एम्बासी, सनराइज बैंक र प्राइम कमर्सियल बैंक सोमबार जित हात पार्दै प्रि-क्वार्टरफाइनल खेल्न छनौट भएका छन्।

दिनको पहिलो खेलमा मेगा बैंकले इन्डियन एम्बासीलाई १० रनले पराजित गर्यो। मेगाले दिएको ८३ रनको लक्ष्य पछ्याउने क्रममा इन्डियन एम्बासीले ७२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका विजय गौतमले ३१ रन बनाए।

दिनको दोश्रो खेलमा प्राइम कमर्सियल बैंकले नेपाल लाइफ इन्सुरेन्सलाई १८ रनले पराजित गर्यो। प्राइमले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफले ६३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्यले २७ रन बनाउनुको साथै २ विकट समेत लिए।

दिनको तेश्रो खेलमा मेगा बैंकले सिप्रदीलाई १८ रनले पराजित गर्यो। मेगाले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा सिप्रदीले ५८ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका आशिष श्रेष्ठले २१ रन बनाउनुको साथै १ विकेट समेत लिए।

दिनको चौथो खेलमा कामना सेवा विकास बैंकले कुमारी बैंकलाई २९ रनले पराजित गर्यो। कामनाले दिएको ६९ रनको लक्ष्य पछ्याउने क्रममा कुमारीले ३९ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले २८ रन बनाउनुको साथै १ विकेट समेत लिए।

दिनको पाँचौ खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ५ विकेटले पराजित गर्यो। सनराइजले दिएको ४७ रनको लक्ष्य माछापुच्छ्रेले २ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका बिबभ राज जोशीले १७ रन बनाए।


दिनको छैठौं खेलमा इन्डियन एम्बासीले सिप्रदीलाई ५ विकेटले पराजित गर्यो। सिप्रदीले दिएको ५४ रनको लक्ष्य इन्डियन एम्बासीले १ विकेट गुमाएर ३.२ ओभरमा पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका इन्डियन एम्बासीका राजेश चौधरीले २६ रन बनाए।

प्रतियोगिताको पहिलो प्रि-क्वार्टरफाइनलमा एनसेल ‘ए’ ले कुमारी बैंकलाई ४३ रनले पराजित गर्यो। एनसेल ‘ए’ ले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा कुमारी बैंकले ३३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका एनसेल ‘ए’ का सबिन्द्र जोशीले २६ रन बनाए।

दोश्रो प्रि-क्वार्टरफाइनलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ३६ रनले पराजित गर्यो। कामनाले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा ग्लोबल आईएमईले ५७ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका समिर क्षेत्रीले ३२ रन बनाए।

तेश्रो प्रि-क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन सेन्चुरी बैंकले नेपाल टेलिकमलाई ४ विकेटले पराजित गर्यो। नेपाल टेलिकमले दिएको ६१ रनको लक्ष्य सेन्चुरी बैंकले ५.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सेन्चुरी बैंकका सुरज तिमिल्सिनाले ३२ रन बनाए।

चौथो  प्रि-क्वार्टरफाइनल खेलमा एनआईसी एसिया बैंकले आईसीएफसी फाइनान्सलाई ३ विकेटले पराजित गर्यो। आईसीएफसीले दिएको ५८ रनको लक्ष्य एनआईसी एसिया बैंकले ४.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका एनआईसी एसिया बैंकका अनिल ढकालले २१ रन बनाए।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]