सन्दीप बने टी–२० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

२०७६ फाल्गुन १७, शनिबार २०:३६

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्।

सन्दीपले थाइल्याण्डमा शनिबार देखि सुरु भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा विकेट लिँदै ऐतिहासिक उपलब्धि हात पारेका हुन्।

यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे। उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए।

सन्दीपले नेपालको राष्ट्रिय टोलीबाट १८ खेल खेल्दै ३० विकेट लिएका छन्। बाँकी ७१ विकेट विभिन्न अन्तराष्ट्रिय फ्रेन्चाइज लिग खेलेर लिएका हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy