हिमालय क्रिकेट लिग : उपाधि होड रोमान्चक मोडमा

२०७६ फाल्गुन १८, आईतवार २०:५४

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको अर्किड हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय यु -१९ क्रिकेट प्रतियोगिताको उपाधि होड रोमान्चक बनेको छ ।

खेलमा काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर (केसीटिसी) ले दिएको १ सय १५ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए ) पहिलो दिनको समाप्तीसम्ममा १५ ओभर भित्र मात्र ४ विकेट गुमाएर ४५ रन बनाएको छ । र यहिबाट ग्रेट हिमालयले सोमबार अन्तिम दिन आफ्नो ब्याटिङलाई निरन्तरता दिनेछ । जितको लागि ग्रेट हिमालयलाई ७० रन आवस्यक रहेको छ।

स्कोरकार्ड 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटिसी २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो।ब्याटिङमा केसीटिसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा सोनु देवकोटा , मोहम्मद हुसेन र विबेक यादवले समान २/२ विकेट लिएका थिए । भने रासिद खानले १ विकेट हात पारेका थिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ग्रेट हिमालय पनि सस्तैमा समिटिने क्रममा २९.४ ओभरमा अलआउट हुँदै ग्रेट हिमालयले मात्र ६२ रन बनायो । उसका लागि ओपनर ब्याट्सम्यान आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटिसीका सुर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिएका थिए ।

Surya Tamang
Surya Tamang

पहिलो ईनिङको समाप्ती पछि दोस्रो ईनिङमा केसीटिसीले २८ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९६ रन जोड्यो । र ग्रेट हिमालयलाई खेल जित्नका लागि १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गर्यो ।

दोस्रो ईनिङमा केसीटिसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाएका थिए । बलिङतर्फ ग्रेट हिमालयका रासिद खान एक्कैले ५ विकेट लिए भने अरियो पौडेलले ४ र सोनु देवकोटाले १ विकेट हात पारे ।

अब सोमबार ग्रेट हिमालयले ७० रन बनाउँन सफल भएको खण्डमा प्रतियोगिताको उपाधि उचाल्न सफल हुनेछ ।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगितामा कुल ६ टिमको सहभागीता रहेको थियो ।

योस्तरको नेपालको पहिलो दुईदिवसीय क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy