हिमालय क्रिकेट लिग : उपाधि होड रोमान्चक मोडमा

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको अर्किड हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय यु -१९ क्रिकेट प्रतियोगिताको उपाधि होड रोमान्चक बनेको छ ।

खेलमा काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर (केसीटिसी) ले दिएको १ सय १५ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए ) पहिलो दिनको समाप्तीसम्ममा १५ ओभर भित्र मात्र ४ विकेट गुमाएर ४५ रन बनाएको छ । र यहिबाट ग्रेट हिमालयले सोमबार अन्तिम दिन आफ्नो ब्याटिङलाई निरन्तरता दिनेछ । जितको लागि ग्रेट हिमालयलाई ७० रन आवस्यक रहेको छ।

स्कोरकार्ड 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटिसी २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो।ब्याटिङमा केसीटिसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा सोनु देवकोटा , मोहम्मद हुसेन र विबेक यादवले समान २/२ विकेट लिएका थिए । भने रासिद खानले १ विकेट हात पारेका थिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ग्रेट हिमालय पनि सस्तैमा समिटिने क्रममा २९.४ ओभरमा अलआउट हुँदै ग्रेट हिमालयले मात्र ६२ रन बनायो । उसका लागि ओपनर ब्याट्सम्यान आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटिसीका सुर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिएका थिए ।

Surya Tamang
Surya Tamang

पहिलो ईनिङको समाप्ती पछि दोस्रो ईनिङमा केसीटिसीले २८ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९६ रन जोड्यो । र ग्रेट हिमालयलाई खेल जित्नका लागि १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गर्यो ।

दोस्रो ईनिङमा केसीटिसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाएका थिए । बलिङतर्फ ग्रेट हिमालयका रासिद खान एक्कैले ५ विकेट लिए भने अरियो पौडेलले ४ र सोनु देवकोटाले १ विकेट हात पारे ।

अब सोमबार ग्रेट हिमालयले ७० रन बनाउँन सफल भएको खण्डमा प्रतियोगिताको उपाधि उचाल्न सफल हुनेछ ।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगितामा कुल ६ टिमको सहभागीता रहेको थियो ।

योस्तरको नेपालको पहिलो दुईदिवसीय क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]