सोनु र सुमन चम्किदा बालुवाटार च्याम्पियन

२०७६ फाल्गुन २९, बिहीबार २०:४९

महाबिर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटार क्रिकेट क्लबले काठमाडौँ जिल्ला छनौट प्रतियोगिता जित्न सफल भएको छ।

मुलपान क्रिकेट मैदानमा सम्पन्न फाइनलमा महाबिर क्रिकेट क्लबले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले ४ विकेट गुमाएर ३८.४ ओभरमा पुरा गर्दै जितेको हो।

बालुवाटारको जितमा सोनु तामांगले अविजित ५२ तथा सुमन उदयले ५० रन बनाए। तामांगले ५८ बलमा ६ चौका र २ छक्का तथा उदयले ८२ बलमा ७ चौका प्रहार गरे। प्रविन जोशीले २२ तथा अविनाश सिंहले ११ रन बनाए। सुबास खकुरेल खाता नखोली आउट भए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा महाबिर क्लबले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। उसको लागि ओपनर बिभत्सु थापाले सर्वाधिक ६७ रन बनाए। दिपेन्द्र मैनालीले २३ तथा रबिन जोशीले २१ रन बनाए। बालुवाटारका बलर सोनु तामांगले ४ तथा सुमन उदयले ३ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच सोनु तामांग चुनिए। प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान न्यु भिजन क्लबआ नरेश चन्द, उत्कृस्ट बलर काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका उज्ज्वल थापा घोषित भए भने उत्कृस्ट खेलाडी बालुवाटार क्रिकेट क्लबका सुमन उदय घोषित भए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy