सोनु र सुमन चम्किदा बालुवाटार च्याम्पियन

महाबिर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटार क्रिकेट क्लबले काठमाडौँ जिल्ला छनौट प्रतियोगिता जित्न सफल भएको छ।

मुलपान क्रिकेट मैदानमा सम्पन्न फाइनलमा महाबिर क्रिकेट क्लबले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले ४ विकेट गुमाएर ३८.४ ओभरमा पुरा गर्दै जितेको हो।

बालुवाटारको जितमा सोनु तामांगले अविजित ५२ तथा सुमन उदयले ५० रन बनाए। तामांगले ५८ बलमा ६ चौका र २ छक्का तथा उदयले ८२ बलमा ७ चौका प्रहार गरे। प्रविन जोशीले २२ तथा अविनाश सिंहले ११ रन बनाए। सुबास खकुरेल खाता नखोली आउट भए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा महाबिर क्लबले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। उसको लागि ओपनर बिभत्सु थापाले सर्वाधिक ६७ रन बनाए। दिपेन्द्र मैनालीले २३ तथा रबिन जोशीले २१ रन बनाए। बालुवाटारका बलर सोनु तामांगले ४ तथा सुमन उदयले ३ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच सोनु तामांग चुनिए। प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान न्यु भिजन क्लबआ नरेश चन्द, उत्कृस्ट बलर काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका उज्ज्वल थापा घोषित भए भने उत्कृस्ट खेलाडी बालुवाटार क्रिकेट क्लबका सुमन उदय घोषित भए।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]