लयमा फर्किंदै नेपाली खेलकुद

२०७७ असार २, मंगलवार १६:४८

Paras Khadka

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प रहेको नेपाली खेलकुदको लय फर्किने तयारीमा छ ।

लामो समय मैदानमा बाहिर रहेका नेपाली खेलाडी मैदानमा फर्किने क्रमः सुरु भइसकेको छ । युरोपका विभिन्न देशमा लकडाउनबीच प्रतियोगिता सुरु भएका छन् । सामाजिक दूरी कायम गर्दै युरोपका शीर्ष डिभिजनका फुटबल लिग सुरु भइसकेका छन् । केही सुरु हुने तयारीमा छन् ।

नेपालमा प्रतियोगिता सञ्चालन गर्न नसकिए पनि खेलाडी प्रशिक्षणमा फर्किने कार्य भने जारी छ । सोमबार मात्रै राष्ट्रिय क्रिकेट टोलीका चार सदस्य पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र अभिनाश बोहराले प्रशिक्षण सुरु गरेका थिए । उनीहरूले टीयू क्रिकेट मैदानमै पुगेर प्रशिक्षण सुरु गरेका थिए ।


यसै क्रममा नेपाल ब्याडमिन्टन संघले पनि खेलाडीको अभ्यास थाल्ने तयारी गरेको छ । संघका सचिव नवीनविक्रम शाहका अनुसार संघले यसै सातादेखि राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको जानकारी दिए ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति लिँदै प्रशिक्षण सुरु गर्ने तयारी गरेको संघका सचिव शाहले जानकारी दिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy