नेपाली अम्पायर रविन्द्र गुप्ता अन्तर्राष्ट्रिय व्हिलचेयर काउन्सिलको अन्तर्राष्ट्रिय प्यानलमा

विश्व व्हिलचेयर क्रिकेट काउन्सिलले नेपाली अम्पायर रविन्द्र गुप्तालाई आफ्नो अन्तर्राष्ट्रिय अम्पायरिंग प्यानलमा समावेस गरेको छ।

सन् २०२१ देखि २०२२ सम्म गुप्ता यस प्यानलमा रहने इंग्ल्याण्डमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय व्हिलचेयर क्रिकेट काउन्सिलले बताएको छ।

नेपालको राष्ट्रिय स्तरको तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा अम्पायरको भूमिका निभाउदै आएका गुप्ता गत वर्ष नेपालमै आयोजित एसिया कप टि-२० क्रिकेट प्रतियोगितामा अम्पायर रहेका थिए। सोहि प्रतियोगिताको मुल्यांकनको आधारमा उनलाई यो मौका प्रदान गरिएको हो।

अन्तर्राष्ट्रिय व्हिलचेयर काउन्सिलले आफुलाई अन्तर्राष्ट्रिय प्यानलमा समावेस गरेकोमा अम्पायर गुप्ताले खुसि व्यक्त गरेका छन् र जिम्मेवारीलाई सफल ढंगले निभाउने आफ्नो प्रयास हुने विकेटनेपाललाई बताएका छन्।

गुप्ताले भारतमा आईसीपीएल, व्हिलचेयर एसिया कप, नेपालमै गत वर्ष सम्पन्न भारत,बंगलादेश र नेपाल सम्मिलित व्हिलचेयर त्रिकोणात्मक सिरिज तथा १३ औं सागमा समेत अम्पायरको भूमिका निभाइसकेका छन्।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]