नेपाली अम्पायर रविन्द्र गुप्ता अन्तर्राष्ट्रिय व्हिलचेयर काउन्सिलको अन्तर्राष्ट्रिय प्यानलमा

२०७७ असार १९, शुक्रबार १५:२५

विश्व व्हिलचेयर क्रिकेट काउन्सिलले नेपाली अम्पायर रविन्द्र गुप्तालाई आफ्नो अन्तर्राष्ट्रिय अम्पायरिंग प्यानलमा समावेस गरेको छ।

सन् २०२१ देखि २०२२ सम्म गुप्ता यस प्यानलमा रहने इंग्ल्याण्डमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय व्हिलचेयर क्रिकेट काउन्सिलले बताएको छ।

नेपालको राष्ट्रिय स्तरको तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा अम्पायरको भूमिका निभाउदै आएका गुप्ता गत वर्ष नेपालमै आयोजित एसिया कप टि-२० क्रिकेट प्रतियोगितामा अम्पायर रहेका थिए। सोहि प्रतियोगिताको मुल्यांकनको आधारमा उनलाई यो मौका प्रदान गरिएको हो।

अन्तर्राष्ट्रिय व्हिलचेयर काउन्सिलले आफुलाई अन्तर्राष्ट्रिय प्यानलमा समावेस गरेकोमा अम्पायर गुप्ताले खुसि व्यक्त गरेका छन् र जिम्मेवारीलाई सफल ढंगले निभाउने आफ्नो प्रयास हुने विकेटनेपाललाई बताएका छन्।

गुप्ताले भारतमा आईसीपीएल, व्हिलचेयर एसिया कप, नेपालमै गत वर्ष सम्पन्न भारत,बंगलादेश र नेपाल सम्मिलित व्हिलचेयर त्रिकोणात्मक सिरिज तथा १३ औं सागमा समेत अम्पायरको भूमिका निभाइसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy