ENG vs WI : पहिलो इनिंगमा वेस्ट इन्डिजलाई १ सय १४ रनको अग्रता

२०७७ असार २६, शुक्रबार २३:११

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच रोजबल साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको तेश्रो दिनको खेल जारि रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गर्दै इंग्ल्यान्डले पहिलो इनिंगमा २०४ रन बनाएपछि आफ्नो पहिलो इनिंग ब्याटिंग गरेको वेस्टइन्डिजले तेश्रो दिन ३१८ रनमा सम्पूर्ण विकेट गुमाएको छ। पहिलो इनिंगमा ११४ रनको अग्रता भ्रमण टोलिले लिएको छ।

वेस्टइन्डिजले दोश्रो दिन ५७/१ को अवस्थाबाट ब्याटिंग सुरु गरेको थियो। चिया सत्र पछिको अन्तिम सेसनमा वेस्टइन्डिज अल-आउट भएपछि इंग्ल्यान्डले दोश्रो इनिंग सुरु गरिसकेको छ।

वेस्टइन्डिजको लागि ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ६५ ( १२५ बलमा ६ चौका ) तथा शेन डोरिचले ६१ ( ११५ बलमा ८ चौका प्रहार गरे )। यस्तै रोस्टन चेजले ४७, शामराह ब्रुक्सले ३९ तथा जोन क्याम्पवेलले २८ रन बनाए।

१८६/५ को अवस्थामा रहेको वेस्टइन्डिजलाई छैठौं विकेटको लागि विकेटकिपर ब्याट्सम्यान डोरिच र रोस्टन चेजले छैठौं विकेटको लागि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए। यस अघि पहिलो विकेटको लागि ब्राथवेट र क्याम्पवेलले ४३ रनको तथा दोश्रो विकेटको लागि ब्राथवेट र होपले ५९ रनको साझेदारी गरेका थिए।

छैठौ विकेटको रुपमा चेजको विकेट एण्डरसनले एलबिडब्लुको रुपमा लिएपछि वेस्टइन्डिजको तल्लो क्रम छिट्टै समेटिएको थियो।

इंग्ल्यान्डको बलिंग 

इंग्ल्यान्डको बलिंगमा कप्तान बेन स्टोक्सले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १४ ओभरमा ५ मेडन ओभर गरे। स्टोक्सले टेस्टमा १५० विकेट समेत पुरा गरे। यस्तै जेम्स एण्डरसनले ३ विकेट ( २५-११-६२-३ ), डोमिनिक बेस ( १९-५-५१-२ ) ले २ विकेट तथा मार्क वुडले १ विकेट ( २२-२-७४-१ ) लिए। स्टुवार्ट ब्रडको सट्टा टिममा स्थान बनाएका जोफ्रा आर्चर ( २२-३-६१-० ) विकेटविहिन एक मात्र बलर रहे।


इंग्ल्यान्डको पहिलो इनिंग 

यस अघि पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। ९७ बलमा ७ चौका प्रहार गरेका स्टोक्सलाई जेसन होल्डरले आउट गरेका थिए। जोस बटलरले ३५, डोमिनिक बेसले अविजित ३१ तथा ओपनर रोरी बर्नले ३० रन बनाए। वेस्टइन्डिजको लागि कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले टेस्ट क्रिकेटमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा ६ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै ग्याब्रीयलले ४ विकेट लिंदा १५.३ ओभरमा ६२ रन खर्चिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy