ENG vs WI : पहिलो इनिंगमा वेस्ट इन्डिजलाई १ सय १४ रनको अग्रता

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच रोजबल साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको तेश्रो दिनको खेल जारि रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गर्दै इंग्ल्यान्डले पहिलो इनिंगमा २०४ रन बनाएपछि आफ्नो पहिलो इनिंग ब्याटिंग गरेको वेस्टइन्डिजले तेश्रो दिन ३१८ रनमा सम्पूर्ण विकेट गुमाएको छ। पहिलो इनिंगमा ११४ रनको अग्रता भ्रमण टोलिले लिएको छ।

वेस्टइन्डिजले दोश्रो दिन ५७/१ को अवस्थाबाट ब्याटिंग सुरु गरेको थियो। चिया सत्र पछिको अन्तिम सेसनमा वेस्टइन्डिज अल-आउट भएपछि इंग्ल्यान्डले दोश्रो इनिंग सुरु गरिसकेको छ।

वेस्टइन्डिजको लागि ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ६५ ( १२५ बलमा ६ चौका ) तथा शेन डोरिचले ६१ ( ११५ बलमा ८ चौका प्रहार गरे )। यस्तै रोस्टन चेजले ४७, शामराह ब्रुक्सले ३९ तथा जोन क्याम्पवेलले २८ रन बनाए।

१८६/५ को अवस्थामा रहेको वेस्टइन्डिजलाई छैठौं विकेटको लागि विकेटकिपर ब्याट्सम्यान डोरिच र रोस्टन चेजले छैठौं विकेटको लागि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए। यस अघि पहिलो विकेटको लागि ब्राथवेट र क्याम्पवेलले ४३ रनको तथा दोश्रो विकेटको लागि ब्राथवेट र होपले ५९ रनको साझेदारी गरेका थिए।

छैठौ विकेटको रुपमा चेजको विकेट एण्डरसनले एलबिडब्लुको रुपमा लिएपछि वेस्टइन्डिजको तल्लो क्रम छिट्टै समेटिएको थियो।

इंग्ल्यान्डको बलिंग 

इंग्ल्यान्डको बलिंगमा कप्तान बेन स्टोक्सले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १४ ओभरमा ५ मेडन ओभर गरे। स्टोक्सले टेस्टमा १५० विकेट समेत पुरा गरे। यस्तै जेम्स एण्डरसनले ३ विकेट ( २५-११-६२-३ ), डोमिनिक बेस ( १९-५-५१-२ ) ले २ विकेट तथा मार्क वुडले १ विकेट ( २२-२-७४-१ ) लिए। स्टुवार्ट ब्रडको सट्टा टिममा स्थान बनाएका जोफ्रा आर्चर ( २२-३-६१-० ) विकेटविहिन एक मात्र बलर रहे।


इंग्ल्यान्डको पहिलो इनिंग 

यस अघि पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। ९७ बलमा ७ चौका प्रहार गरेका स्टोक्सलाई जेसन होल्डरले आउट गरेका थिए। जोस बटलरले ३५, डोमिनिक बेसले अविजित ३१ तथा ओपनर रोरी बर्नले ३० रन बनाए। वेस्टइन्डिजको लागि कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले टेस्ट क्रिकेटमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा ६ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै ग्याब्रीयलले ४ विकेट लिंदा १५.३ ओभरमा ६२ रन खर्चिए।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]