आरिफ र सोमपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपाली रास्ट्रिय टोलीका स्थापित खेलाडी आरिफ सेख र सोमपाल कामीले संयुक्त रुपमा राहत सामग्री सहयोग गरेका छन्।

कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीले सिर्जना गरेको अनुकुल परिस्थितिको मध्यनजर गर्दै रास्ट्रिय टोलीका खेलाडि आरिफ सेख र सोमपाल कामीले संयुक्त रुपमा सिन्धुपाल्चोक स्थित पाँचपोखरी थाङ्गपाल धाप सामुदायिक स्वास्थ्य इकाईलाई आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

स्थानीय पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा उनीहरुले कोरोनाबाट जोगिन आवश्यक सामाग्रीहरु सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियनत्रणका लागि ग्लोब्स, सेनिटाइजर लगायत अन्य औषधिहरु वितरण गरिएको हो ।

स्वास्थ्य इकाईको अनुसार यी दुईको सहयोगले करिब १२ सय स्थानीय बासिन्दाहरु लाभदायक हुनेछन् । यस्तो भयभित अवस्थामा सहयोग गर्न लागिपरेका क्रिकेटरहरुलाई स्वास्थ्य समितिका संचालक सदस्यका अध्यक्ष बाबुराम पौडेलले उनीहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।

यस अघि रास्ट्रिय टोलीका सदस्य बिनोद भण्डारीले आफ्नो गृहनगर महेन्द्रनगर युनाइटेडमा कोरोना महामारीले प्रभावित परिवारहरुमा राहत वितरण गरेका थिए ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]