क्यान कार्यसम्पादन कमिटिको बैठक सम्पन्न, के-के भए निर्णयहरु

cricket association of nepal

नेपाल क्रिकेट संघ ( क्यान ) को सोमबार सम्पन्न कार्यसम्पादन कमिटिको बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

क्यानले रिक्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पद पूर्ति गर्नको लागि एक हफ्ता भित्र आईसीसीसंग समन्वय गर्दै सूचना प्रकासित गर्ने निर्णय गरेको छ। अब खुला प्रतिस्पर्धाद्वारा प्रशिक्षकको चयन हुनेछ।

यस अघि क्यानले हाल जिम्बाब्वेका प्रशिक्षक रहेका भारतीय प्रशिक्षक लालचन्द राजपुतलाई प्रशिक्षक बनाउन खोजेता पनि जिम्बाब्वे क्रिकेट बोर्डले उनलाई प्रशिक्षकमा कायमै राख्ने भएपछि क्यानको प्रयास विफल भएको थियो।

यस्तै क्यानले महाप्रबन्धक ( General Manager ) , बित्त प्रबन्धक ( Finance Manager ) , क्रिकेट व्यवस्थापकको ( Cricket Manager ) पदपूर्तिको लागि समेत आईसीसीसंगको समन्वयमा सूचना प्रकासित गर्ने बताएको छ।

फिजियोको रुपमा बिक्रम न्यौपाने नियुक्त 

फिजियो बिक्रम न्यौपाने

क्यानले नेपाली राष्ट्रिय टिमको पूर्णकालीन फिजियोको रुपमा बिक्रम न्यौपानेलाई नियुक्त गरेको छ। केहि समय देखि नेपाली यु-१९ र राष्ट्रिय टिमको फिजियोको जिम्मेवारी सम्हालीरहेका न्यौपानेलाई अर्को निर्णय नभएसम्मको लागि नेपाली राष्ट्रिय टिमसंग सम्बन्धित विषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत दिईएको छ। यस अघि नेपाली क्रिकेट टिमको व्यवस्थापनको जिम्मेवारी भिडियो एनालिस्ट समेत रहेका रमन शिवाकोटीले सम्हाल्दै आएका थिए।

अन्य निर्णयहरु 

क्यानले मुलपानी क्रिकेट मैदानको स्याहारको लागी आवस्यक ६ जना कर्मचारी थप गरेको छ। पोखरा, भैरहवा र बिरगंजमा १/१ जना पिच क्युरेटर समेत नियुक्त गरिने भएको छ। क्यानले आफ्नो बार्षिक साधारणसभा २०७७ भदौ १५ गते भित्र सम्पन्न गर्ने पनि निर्णय गेरको छ। यस्तै केन्द्रिय सदस्य जयन्ति भट्टको संयोजकत्वमा ‘महिला क्रिकेट विकास समिति’ पनि गठन गर्ने निर्णय गरेको छ।

यो पनि पढ्नुस :-

-टि-२० विश्वकप स्थगित गर्ने आईसीसीको निर्णय

– क्यानको ४ समितिले पायो पूर्णता

– सन्दिप खेल्ने सिपिएल टि-२० ले पायो आयोजनाको अनुमति





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]