‘सरफराज एहमदले टेस्ट क्रिकेट छोड्नु पर्छ’ – रमिज राजा

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा चर्चित कमेन्टेटर रमिज राजाले विकेटकिपर ब्याट्सम्यान तथा पूर्वकप्तान सरफराज एहमदले टेस्ट क्रिकेटबाट सन्यास लिएर सिमित ओभर क्रिकेटमा बढी ध्यान दिनुपर्ने बताएका छन्। इंग्ल्यान्ड बिरुद्ध जारि सिरिजको पहिलो म्यानचेस्टर टेस्टमा सरफराज १२ औं खेलाडी रहेका थिए।

आफ्नो युट्युब च्यानलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् – “मेरो हिसाबमा एउटा कप्तान भैसकेको मान्छे फेरी तल झरेर बेन्चमा बस्नु निकै मुस्किल काम हो।”

“म सरफराजलाई सल्लाह दिन्छु कि यो कुरा विचार गर्नुस र टेस्ट क्रिकेटबाट बिदा लिएर सिमित ओभर क्रिकेटमा ध्यान दिनुस्। सिमित ओभर क्रिकेटमा उनि राम्रो पनि छन् र आक्रामक पनि छन्।”

खेलको दौरान सरफराजले पानि मात्र बोकेका थिएनन् जुत्ता समेत बोकेको देखिएको थियो।

५७ वर्षीय राजाले क्रिकेटमा पानि बोक्नु नयाँ कुरा नरहेता पनि पूर्वकप्तान र सिनियर खेलाडीको रुपमा पाकिस्तानमा यो कुरा नरुचाइने समेत बताए।

“जेम्स एन्डरसनले पनि वेस्टइन्डिजसंग दोश्रो टेस्ट नखेल्दा पानि बोकीरहेका थिए। यो गलत काम हैन तर हाम्रो संस्कारमा ( पाकिस्तानमा ) पूर्वकप्तानले यस्तो काम गर्नु राम्रो मानिदैन।”

“मलाई लाग्दैन कि उनले टेस्टमा छिट्टै मौका पाउनेवाला छन्। त्यसैले उनले सेतो बल क्रिकेटमा ध्यानकेन्द्रित गर्नुपर्छ जहाँ उनि खेल्न र सम्मान दुवै पाउनेछन्।”

खेलको दौरान सरफराजले पानि मात्र बोकेका थिएनन् जुत्ता समेत बोकेको देखिएको थियो।

टेस्टमा सरफराजले ४९ खेलमा ३६ को औशतले २,६५७ रन बनाएका छन् जुन क्रममा ३ शतक र १८ अर्धशतक प्रहार गरेका छन्।

राजाले सरफराज टिममा हुँदा अर्का विकेटकिपर मोहम्मद रिजवान माथि दवाव हुने समेत बताए। रिजवानले पहिलो टेस्टमा किपिंग गरेका थिए।

“टेस्ट टिममा सरफराज हुँदा त्यसले मोहम्मद रिजवान माथि अतिरिक्त दवाव थप्ने काम गर्छ। आफ्नै पूर्वकप्तानको स्थानमा टिममा रहंदा उनलाई पक्कै राम्रो महसुस हुँदैन। त्यसैले उनले टेस्ट क्रिकेटबाट विदा लिनु पर्छ।”

३३ वर्षीय सरफराजलाई गत वर्ष तिन वटै फर्म्याटबाट पाकिस्तान क्रिकेट बोर्डले कप्तानको रुपमा हटाउने निर्णय गरेको थियो। ४९ टेस्ट , ११६ वानडे र ५८ टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका सरफराजले २०१७ मा पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए। त्यसक्रममा पाकिस्तानले फाइनलमा भारतलाई पराजित गरेको थियो। उनको कप्तानीमा पाकिस्तानले टि-२० वरियतामा पहिलो स्थान समेत हाँसिल गरेको थियो।

स्टोक्सको अनुपस्थितिको फाइदा पाकिस्तानले उठाउनेछ 

राजाले जारि टेस्ट सिरिजमा पाकिस्तानले पुनरागमन गर्ने विश्वास गर्दै स्टार अल-राउन्डर बेन स्टोक्स टिममा नहुँदा पाकिस्तानलाई फाइदा हुने बताए। स्टोक्स पारिवारिक कारणले यसै साता न्युजिल्यान्ड जानु पर्ने भएपछि बाँकी दुवै टेस्ट गुमाउनेछन्।

स्टोक्स विश्वकै उत्कृस्ट अल-राउन्डर हुन् जसले ब्याट र बल दुवैबाट खेल परिवर्तन गर्ने क्षमता राख्ने गर्छन्। मलाई लाग्छ पाकिस्तानले स्टोक्स नहुनुको फाइदा उठाउनेछ।

रमिज राजा

पहिलो टेस्टमा ३ विकेटको पाकिस्तानको हारको बारेमा बोल्दै राजाले जोस बटलर र क्रिस वोक्स क्रिजमा हुँदा पाकिस्तानी बलरहरुले सर्ट पिच बलहरु नफालेकोमा अचम्म लागेको बताए। “यो निकै पीडादायी थियो कि हामीले अधिकाँश समय नियन्त्रणमा राखेको टेस्ट गुमाउन पुग्यौं। ”

“म अचम्मित भएको थिए जोस बटलर जो इंग्ल्यान्ड टिममा पर्न रन बनाउने दवावमा थिए र क्रिस वोक्स जो पुच्छर ब्याट्सम्यान हुन् उनीहरुलाई सर्ट पिच बलले आक्रमण गरिएन भने फास्ट बलर पनि लगाइएन। फिल्ड सेटिंग पनि यासिर शाहले बलिंग गर्दा राम्रो गरिएको थिएन।”

यो पनि पढ्नुस :-

दोश्रो टेस्ट अघि इंग्ल्यान्डलाई झट्का, सिरिज छोडेर बेन स्टोक्स न्युजिल्यान्ड जाने

यासिर शाहलाई अपशब्द बोल्दा आफ्नै पिताद्वारा ब्रडलाई कारवाही, पढ्नुस के भएको थियो

दुवै मृगौला खराब भएका क्रिकेटर कुन्दन सिंहलाई कोरोना संक्रमण पनि देखियो

संगाकाराको नजरमा दुइ वेस्टइन्डिज ब्याट्सम्यान सर्वोत्कृष्ट

सुबास खकुरेलले खेलेका ९ उत्कृस्ट इनिंग

‘जबसम्म टिमको छिटो दगुर्ने खेलाडीलाई हराउछु तबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा योग्य मान्छु’- धोनी  





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]