CPL : सन्दिपको जमैका टस जितेर बलिंग गर्दै, यस्तो छ अन्तिम-११

२०७७ भाद्र ३, बुधबार १९:२७

मंगलबार सुरु भएको करेबियन प्रिमियर लिगको आठौँ संस्करणमा नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाजले आफ्नो पहिलो खेल डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्स बिरुद्ध खेल्दैछ।

ब्रायन लारा क्रिकेट एकेडमीमा नेपाली समय ७:४५ बजे सुरु हुने खेलमा जमैका तलावाजले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ। जमैकाको कप्तानी रभम्यान पावेलले गरिरहेका छन्। खेलको प्रत्यक्ष प्रशारण नेपालमा स्टार स्पोर्ट्सले गरिरहेको छ।

जमैकाले नेपाली स्पिनर सन्दिप लामिछाने सहित विदेही खेलाडीहरु मुजिब उर् रहमानसंगै आसिफ अलि र ग्लेन फिलिपलाई अन्तिम-११ मा समावेस गरेको छ।

सेन्ट लुसिया जुक्स अन्तिम ११ : आन्द्रे फ्लेचर, रखिम कर्नवाल, मार्क डेयल, रोस्टन चेज, नाजिबुल्लाह जद्रान, मोहम्मद नबि, डेरेन सामी, स्कट कुगेलजिन, ओबेड म्यकोय, केस्रिक विलियम्स, जाहिर खान

जमैका तलावाज अन्तिम ११ : ग्लेन फिलिप्स, चाडविक वाल्टन, निकोलस किर्टन, रभम्यान पावेल, असिफ अलि, आन्द्रे रसेल, कार्लोस ब्राथवेट, बिरास्वामी परमौल, सन्दिप लामिछाने, मुजिब उर् रहमान, ओशेन थोमस

सम्बन्धित :-

https://wicketnepal.com/cpl-sandeep-match-today-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/cpl-t20-m-1-report-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy