क्रलेले करियरकै पहिलो शतक बनाउदा सम्हालियो इंग्ल्यान्ड

२०७७ भाद्र ५, शुक्रबार २१:४३

इंग्ल्यान्ड र पाकिस्तान बीच साउथह्याम्पटनमा जारि तेश्रो टेस्टको पहिलो दिन इंग्ल्यान्ड ब्याट्सम्यान ज्याक क्रलेले करियरकै पहिलो शतक बनाएका छन्। करियरको आठौँ टेस्ट खेल्ने क्रममा २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान क्रलेले शतक बनाउदै इंग्ल्यान्डलाई खराब स्थितिबाट उकासेका छन्।

पहिलो टेस्ट शतक बनाएपछि आफ्नो हेल्मेट चुम्दै क्रले

ओपनर रोरी बर्न्सको ६ रन बनाएर आउट भएपछि पाँचौ ओभरमा आउट भएपछि तेश्रो नम्बरमा ब्याटिंग गर्ने क्रममा क्रले ६० औं ओभरमा मोहम्मद अब्बासको बलमा २ रन लिंदै शतक पुरा गरेका थिए। १७१ बलमा ११ चौका प्रहार गर्दै शतक पुरा गरेका थिए। गत वर्ष नोभेम्बरमा न्युजिल्यान्ड बिरुद्ध टेस्ट डेब्यु गरेका क्रलेको यस अघि उत्कृस्ट स्कोर ७६ रन थियो भने ३ वटा अर्धशतक बनाएका थिए।

यो समाचार तयार पार्दा तेश्रो सत्रको खेल चलीरहेको छ। इंग्ल्यान्डले ६९ औं ओभरको खेल चल्दै गर्द्दा ४ विकेट गुमाएर २३१ रन बनाएको छ। क्रले १२५ रन ( २११ बलमा १४ चौका ) बनाएर ब्याटिंग गरिरहेका छन्। उनले पाँचौ विकेटको लागि विकेट किपर ब्याट्सम्यानसंग १०५ रनको साझेदारी गरिसकेका छन्। बटलरले अविजित ४४ रन बनाएका छन् जुन क्रममा ७६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका छन्।

खेलमा टस जितेर ब्याटिंग गर्ने क्रममा इंग्ल्यान्डका ओपनर रोरी बर्न्स ६ रन, डोमिनिक सिबले २२ रन, कप्तान जो रुट २९ तथा ओली पोप ३ रन बनाएर आउट भैसकेका छन्।

पाकिस्तानको लागि लेग स्पिनर यासिर शाहले २ विकेट तथा शाहिन अफ्रिदी र नसिम शाहले समान १/१ विकेट लिएका छन्।


सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो भने दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो। तेश्रो टेस्ट इंग्ल्यान्डले जिते १० वर्ष पछि पाकिस्तान बिरुद्ध पहिलो टेस्ट सिरिज जित हुनेछ। २०१० पछि इंग्ल्यान्डले पाकिस्तानलाई टेस्ट सिरिजमा पराजित गर्न सकेको छैन।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/sa-cricket-2-play-covid-19-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy