क्रलेले करियरकै पहिलो शतक बनाउदा सम्हालियो इंग्ल्यान्ड

इंग्ल्यान्ड र पाकिस्तान बीच साउथह्याम्पटनमा जारि तेश्रो टेस्टको पहिलो दिन इंग्ल्यान्ड ब्याट्सम्यान ज्याक क्रलेले करियरकै पहिलो शतक बनाएका छन्। करियरको आठौँ टेस्ट खेल्ने क्रममा २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान क्रलेले शतक बनाउदै इंग्ल्यान्डलाई खराब स्थितिबाट उकासेका छन्।

पहिलो टेस्ट शतक बनाएपछि आफ्नो हेल्मेट चुम्दै क्रले

ओपनर रोरी बर्न्सको ६ रन बनाएर आउट भएपछि पाँचौ ओभरमा आउट भएपछि तेश्रो नम्बरमा ब्याटिंग गर्ने क्रममा क्रले ६० औं ओभरमा मोहम्मद अब्बासको बलमा २ रन लिंदै शतक पुरा गरेका थिए। १७१ बलमा ११ चौका प्रहार गर्दै शतक पुरा गरेका थिए। गत वर्ष नोभेम्बरमा न्युजिल्यान्ड बिरुद्ध टेस्ट डेब्यु गरेका क्रलेको यस अघि उत्कृस्ट स्कोर ७६ रन थियो भने ३ वटा अर्धशतक बनाएका थिए।

यो समाचार तयार पार्दा तेश्रो सत्रको खेल चलीरहेको छ। इंग्ल्यान्डले ६९ औं ओभरको खेल चल्दै गर्द्दा ४ विकेट गुमाएर २३१ रन बनाएको छ। क्रले १२५ रन ( २११ बलमा १४ चौका ) बनाएर ब्याटिंग गरिरहेका छन्। उनले पाँचौ विकेटको लागि विकेट किपर ब्याट्सम्यानसंग १०५ रनको साझेदारी गरिसकेका छन्। बटलरले अविजित ४४ रन बनाएका छन् जुन क्रममा ७६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका छन्।

खेलमा टस जितेर ब्याटिंग गर्ने क्रममा इंग्ल्यान्डका ओपनर रोरी बर्न्स ६ रन, डोमिनिक सिबले २२ रन, कप्तान जो रुट २९ तथा ओली पोप ३ रन बनाएर आउट भैसकेका छन्।

पाकिस्तानको लागि लेग स्पिनर यासिर शाहले २ विकेट तथा शाहिन अफ्रिदी र नसिम शाहले समान १/१ विकेट लिएका छन्।


सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो भने दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो। तेश्रो टेस्ट इंग्ल्यान्डले जिते १० वर्ष पछि पाकिस्तान बिरुद्ध पहिलो टेस्ट सिरिज जित हुनेछ। २०१० पछि इंग्ल्यान्डले पाकिस्तानलाई टेस्ट सिरिजमा पराजित गर्न सकेको छैन।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/sa-cricket-2-play-covid-19-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]