प्रदेश २ का सम्पुर्ण क्रिकेट खेलाडिको कोरोना बिमा

प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले आफना प्रदेशका सम्पूर्ण नियमित क्रिकेट खेलाडिहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बिमा गरेको छ ।

गत साता प्रदेश क्रिकेट संघको निर्णय अनुसार प्रदेशका सम्पुर्ण खेलाडिहरुको कोरोना बिमा गरिएको प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए।

प्रदेश अन्तर्गत रहेका २० महिला खेलाडि तथा १९ पुरुष खेलाडिको १ लाख बराबरको कोरोना बिमा शुक्रवार गरिएको छ भने १२ जना प्रदेश क्रिकेट संघका प्रतिनिधीहरुको समेत बिमा गरिएको छ। त्यसै गरि जिल्ला संघहरुले खेलाडि तथा अफिसियलहरुको बिमा गरेपछि बाँकी हुन आउने प्राबिधिकहरुको बिमा समेत प्रदेश क्रिकेट संघले गर्ने जानकारी श्रेष्ठले गराउनु भएको छ ।

यसै बिच सप्तरी क्रिकेट संघले समेत आफना सम्पुर्ण खेलाडि तथा अफिसियहरु गरि २७ जनाको बिमा गरिसकेको समेत जानकारी संघका सचिव चन्दन यादवले गराउनु भएको छ । जिल्ला क्रिकेट संघ अन्तर्गत महोतरीले आफ्ना १२ खेलाडिहरुको बिमा गरिसकेको जानकारी गराएको छ भने अन्य जिल्लाहरु बिमा गर्ने प्रकृयामा रहेको जानकारी समेत श्रेष्ठले गराउनु भएको छ ।

सम्बन्धित :-

मुख्यमन्त्री कप: पुरुष क्रिकेटको उपाधी प्रदेश २ लाई

प्रदेश-२ क्रिकेट संघको अध्यक्षमा भगत

यो पनि पढ्नुस :-

CPL T20 : सन्दिप सम्मिलित जमैकाको तेश्रो खेल आज क्रिस ग्रिन कप्तानीको गायना बिरुद्ध





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]