प्रदेश २ का सम्पुर्ण क्रिकेट खेलाडिको कोरोना बिमा

२०७७ भाद्र ६, शनिबार १५:३७

प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले आफना प्रदेशका सम्पूर्ण नियमित क्रिकेट खेलाडिहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बिमा गरेको छ ।

गत साता प्रदेश क्रिकेट संघको निर्णय अनुसार प्रदेशका सम्पुर्ण खेलाडिहरुको कोरोना बिमा गरिएको प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए।

प्रदेश अन्तर्गत रहेका २० महिला खेलाडि तथा १९ पुरुष खेलाडिको १ लाख बराबरको कोरोना बिमा शुक्रवार गरिएको छ भने १२ जना प्रदेश क्रिकेट संघका प्रतिनिधीहरुको समेत बिमा गरिएको छ। त्यसै गरि जिल्ला संघहरुले खेलाडि तथा अफिसियलहरुको बिमा गरेपछि बाँकी हुन आउने प्राबिधिकहरुको बिमा समेत प्रदेश क्रिकेट संघले गर्ने जानकारी श्रेष्ठले गराउनु भएको छ ।

यसै बिच सप्तरी क्रिकेट संघले समेत आफना सम्पुर्ण खेलाडि तथा अफिसियहरु गरि २७ जनाको बिमा गरिसकेको समेत जानकारी संघका सचिव चन्दन यादवले गराउनु भएको छ । जिल्ला क्रिकेट संघ अन्तर्गत महोतरीले आफ्ना १२ खेलाडिहरुको बिमा गरिसकेको जानकारी गराएको छ भने अन्य जिल्लाहरु बिमा गर्ने प्रकृयामा रहेको जानकारी समेत श्रेष्ठले गराउनु भएको छ ।

सम्बन्धित :-

https://wicketnepal.com/1st-cm-cup-title-province-2-news-wn019/

https://wicketnepal.com/p-2-nirbachan-bhagat/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy