“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

२०७७ भाद्र ११, बिहीबार १२:३६

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले आफु पिता बन्न लागेको खुलासा गरेका छन्। सामाजिक संजालमा श्रमती अनुष्का शर्मासंगको फोटो सार्वजनिक गर्दै कोहलीले आगामी वर्ष जनवरीमा परिवारमा नयाँ सदस्यको आगमन हुने घोषणा गरेका छन्।

“र अब, हामि तिन हुनेछौँ, आगमन जनवरी २०२१” भन्दै कोहलीले घोषणा गरेका छन्। कोहलीले बलिउड चर्चित नायिका शर्मासंग करिब ३ वर्ष अघि डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए।

कोहली पछि अनुष्का शर्माले पनि आफ्नो सोसल मिडियामा आफु गर्भवती भएको जानकारी दिएकी छिन्। दुवैलाई त्यसपछि बधाईको ओइरो लागेको छ।

हाल बिराट कोहली सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने आईपीएल खेल्न पुगेका छन्। अनुष्का भने यति बेला मुम्बईमा छिन्। भर्खरै भारतीय टिमका अर्का सदस्य हार्दिक पान्ड्या पनि पिता बनेका थिए। उनको श्रीमती नताशाले छोरालाई जन्म दिएकी थिईन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/bravo-500th-wicket-wn20/

https://wicketnepal.com/barbados-beat-jamaica-wn20/

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy