“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले आफु पिता बन्न लागेको खुलासा गरेका छन्। सामाजिक संजालमा श्रमती अनुष्का शर्मासंगको फोटो सार्वजनिक गर्दै कोहलीले आगामी वर्ष जनवरीमा परिवारमा नयाँ सदस्यको आगमन हुने घोषणा गरेका छन्।

“र अब, हामि तिन हुनेछौँ, आगमन जनवरी २०२१” भन्दै कोहलीले घोषणा गरेका छन्। कोहलीले बलिउड चर्चित नायिका शर्मासंग करिब ३ वर्ष अघि डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए।

कोहली पछि अनुष्का शर्माले पनि आफ्नो सोसल मिडियामा आफु गर्भवती भएको जानकारी दिएकी छिन्। दुवैलाई त्यसपछि बधाईको ओइरो लागेको छ।

हाल बिराट कोहली सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने आईपीएल खेल्न पुगेका छन्। अनुष्का भने यति बेला मुम्बईमा छिन्। भर्खरै भारतीय टिमका अर्का सदस्य हार्दिक पान्ड्या पनि पिता बनेका थिए। उनको श्रीमती नताशाले छोरालाई जन्म दिएकी थिईन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/bravo-500th-wicket-wn20/

https://wicketnepal.com/barbados-beat-jamaica-wn20/

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]