CPL : मोहम्मद नाबीको सिपिएल इतिहासकै तेश्रो तथा व्यक्तिगत उत्कृस्ट बलिंग

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत सेन्ट लुसिया जुक्सको प्रतिनिधित्व गरिरहेका अफगानीस्तान क्रिकेटर मोहम्मद नाबीले करियरकै उत्कृस्ट बलिंग गरेका छन्।

सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बिरुद्ध लिगको १५ औं खेलमा नाबीले ओपनिंग बलिंग गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिएका हुन्। यस क्रममा अफ स्पिनरले स्पेलको पहिलो र दोश्रो ओभरमा २/२ विकेट तथा चौथो ओभरमा १ विकेट लिएका थिए।

नाबीले ५ विकेट लिंदा टस हारेर ब्याटिंग गरेको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा सेन्ट लुसियाले ४.५ ओभरमा २ विकेट गुमाएर ३५ रन बनाउदा खेल वर्षाले रोकिएको छ।

करियरकै उत्कृस्ट र सिपिएल इतिहासकै तेश्रो उत्कृस्ट बलिंग 

टि-२० करियरमा २६४ औं खेल खेल्ने क्रममा नबिले करियरमै पहिलो पटक एकै इनिंगमा ५ विकेट लिएका हुन्। यस अघि उनको उत्कृस्ट बलिंग १० रन खर्चेर ४ विकेट थियो।

सिपिएल टि-२० को आठौँ संस्करणसम्म नाबीको ( ४-०-१५-५) बलिंग स्पेल इतिहासकै तेश्रो उत्कृस्ट बलिंग स्पेल हो।

शाकिबको नाममा छ सिपिएलमा उत्कृस्ट स्पेलको रेकर्ड 

सिपिएलमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल शाकिब अल हसनको नाम रहेको छ जसले २०१३ को सिरिजमा बार्बेडोस ट्राइडेन्टसको लागि खेल्दै ट्रिनिडाड एन्ड टोबागो रेड स्टिल बिरुद्ध ६ विकेट लिएका थिए। बंगलादेशी बायाँ हाते स्पिनरले त्यस क्रममा ४ ओभरमा १ मेडन गर्दै मात्र ६ रन मात्र खर्चेका थिए। सिपिएलको दोश्रो उत्कृस्ट बलिंग स्पेल पाकिस्तानी बलर सोहेल तन्भिरको नाममा रहेको छ जसले २०१७ को सिजनमा गायना अमेजन वारियर्सको प्रतिनिधित्व गर्दै बार्बेडोस ट्राइडेन्टस बिरुद्ध ५ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेका थिए।


नाबीको अलराउन्ड प्रदर्शन 

सिपिएल टि-२० अन्तर्गत छैठौं खेल खेल्ने क्रममा नाबीले कुल ९ विकेट लिएका छन् भने ब्याटिंगबाट पनि १२० रन बनाइसकेका छन्। यस क्रममा नाबीले २ पटक अविजित इनिंग पनि खेलेका छन्।

सन् २०१० मा टि-२० क्रिकेटमा डेब्यु गरेका नाबीले २६४ टि-२० खेल्ने क्रममा २६४ विकेट लिईसकेका छन्। उनले अफगानिस्तानको लागि ३ टेस्ट, १२४ एकदिवसीय र ७८ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। यसक्रममा ८, १३० र ६९ विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

IPL : दिल्लीका ओपनर जेसन रोय प्रतियोगिताबाट बाहिरिए, सट्टामा अस्ट्रेलियन फास्ट बलर खेल्ने

टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

पाँचौ खेलमा पनि सन्दिपको शानदार बलिंग, ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

धोनीको तारिफ गर्दै बिसीसीआईको आलोचना गरेपछि मुस्ताकलाई पीसीबीको चेतावनी

“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]