CPL : मोहम्मद नाबीको सिपिएल इतिहासकै तेश्रो तथा व्यक्तिगत उत्कृस्ट बलिंग

२०७७ भाद्र ११, बिहीबार २२:२७

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत सेन्ट लुसिया जुक्सको प्रतिनिधित्व गरिरहेका अफगानीस्तान क्रिकेटर मोहम्मद नाबीले करियरकै उत्कृस्ट बलिंग गरेका छन्।

सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बिरुद्ध लिगको १५ औं खेलमा नाबीले ओपनिंग बलिंग गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिएका हुन्। यस क्रममा अफ स्पिनरले स्पेलको पहिलो र दोश्रो ओभरमा २/२ विकेट तथा चौथो ओभरमा १ विकेट लिएका थिए।

नाबीले ५ विकेट लिंदा टस हारेर ब्याटिंग गरेको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा सेन्ट लुसियाले ४.५ ओभरमा २ विकेट गुमाएर ३५ रन बनाउदा खेल वर्षाले रोकिएको छ।

करियरकै उत्कृस्ट र सिपिएल इतिहासकै तेश्रो उत्कृस्ट बलिंग 

टि-२० करियरमा २६४ औं खेल खेल्ने क्रममा नबिले करियरमै पहिलो पटक एकै इनिंगमा ५ विकेट लिएका हुन्। यस अघि उनको उत्कृस्ट बलिंग १० रन खर्चेर ४ विकेट थियो।

सिपिएल टि-२० को आठौँ संस्करणसम्म नाबीको ( ४-०-१५-५) बलिंग स्पेल इतिहासकै तेश्रो उत्कृस्ट बलिंग स्पेल हो।

शाकिबको नाममा छ सिपिएलमा उत्कृस्ट स्पेलको रेकर्ड 

सिपिएलमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल शाकिब अल हसनको नाम रहेको छ जसले २०१३ को सिरिजमा बार्बेडोस ट्राइडेन्टसको लागि खेल्दै ट्रिनिडाड एन्ड टोबागो रेड स्टिल बिरुद्ध ६ विकेट लिएका थिए। बंगलादेशी बायाँ हाते स्पिनरले त्यस क्रममा ४ ओभरमा १ मेडन गर्दै मात्र ६ रन मात्र खर्चेका थिए। सिपिएलको दोश्रो उत्कृस्ट बलिंग स्पेल पाकिस्तानी बलर सोहेल तन्भिरको नाममा रहेको छ जसले २०१७ को सिजनमा गायना अमेजन वारियर्सको प्रतिनिधित्व गर्दै बार्बेडोस ट्राइडेन्टस बिरुद्ध ५ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेका थिए।


नाबीको अलराउन्ड प्रदर्शन 

सिपिएल टि-२० अन्तर्गत छैठौं खेल खेल्ने क्रममा नाबीले कुल ९ विकेट लिएका छन् भने ब्याटिंगबाट पनि १२० रन बनाइसकेका छन्। यस क्रममा नाबीले २ पटक अविजित इनिंग पनि खेलेका छन्।

सन् २०१० मा टि-२० क्रिकेटमा डेब्यु गरेका नाबीले २६४ टि-२० खेल्ने क्रममा २६४ विकेट लिईसकेका छन्। उनले अफगानिस्तानको लागि ३ टेस्ट, १२४ एकदिवसीय र ७८ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। यसक्रममा ८, १३० र ६९ विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/ipl-delhi-jasan-roy-out-wn20/

https://wicketnepal.com/bravo-500th-wicket-wn20/

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

https://wicketnepal.com/kohli-father-wn20-ann/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy