आफैले हानेको छक्काले ओ’ ब्रायनको कारको शिशा फुटेपछि

२०७७ भाद्र १२, शुक्रबार १४:३५

आयरल्याण्डका चर्चित ब्याट्सम्यान केभिन ओ’ ब्रायनले बिहिबार ‘आयरल्याण्ड अन्तर प्रदेश टि-२०’ प्रतियोगिताको दौरान आक्रामक ब्याटिंग गर्ने क्रममा आफ्नै कारको शिशा तोडेका छन्।

लिन्सटर लाइटइनिंगको प्रतिनिधित्व गर्ने क्रममा प्लेयर अफ द म्याच चुनिएका केभिनले मात्र ३७ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै ८२ रन बनाएका थिए। ८ छक्का प्रहार गर्ने क्रममा उनको एउटा छक्का प्रहार गरेको बलले आफैले पार्क गरेको कारको शिशामा लागेको थियो।

खेलको क्रममा आयरल्याण्ड क्रिकेटले ट्वीट गर्दै केभिनको कारको फोटो पोस्ट गरेको थियो। “केभिन ओ ब्रायनले छक्का हिर्काए  …. र उनको आफ्नै कारको झ्याल, साँच्चै” आयरल्याण्ड क्रिकेटले ट्वीटमा लेखेको छ।


कारको शिशा टुटे पनि ३६ वर्षीय खेलाडीलाई घाटा भने भएन। भाग्यवश उनि आयरल्याण्डको टोयोटा कारकै ब्राण्ड एम्बासडर रहेका छन् र ओ’ब्रायन खेल पछि सोझै टोयोटा अफिस पुगे। टोयोटाले केभिनलाई फुटेको शिशा भित्रबाट चियाउन लगाएर तथा कारसंग फोटो खिचाउदै उनलाई चिन्ता नगर्न र उनको कार जस्ताको तस्तै बनाउने भन्दै पोस्ट गरेको छ। त्यसको जवाफमा केभिनले कम्पनिको सेवाको तारिफ गर्दै अब कार अलि टाढा पार्क गर्छु भन्दै ट्वीट गरेका छन्।

वर्षाले प्रभावित खेलमा लिन्सटरले नर्थ वेस्ट वारियर्सलाई २४ रनले पराजित गर्यो जसमा केभिन प्लेयर अफ द म्याच घोषित भए।

केभिन ओ’ ब्रायनले आयरल्याण्डको लागि १४८ वानडे, ९६ टि-२० र ३ वटा टेस्टमा प्रतिनिधित्व गरेका छन्। २०११ को वानडे विश्वकपमा उनले इंग्ल्यान्ड बिरुद्ध जितमा विश्वकप इतिहासकै छिटो ५० बलमा शतक बनाएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-trinbago-win-top-table-wn20/

https://wicketnepal.com/nabi-3rd-best-bowling-wn20/

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/ipl-delhi-jasan-roy-out-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy