आईपीएल अघि चेन्नाईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए

२०७७ भाद्र १३, शनिबार १२:०९

व्यक्तिगत कारण देखाउदै चेन्नाई सुपर किंग्सका प्रमुख ब्याट्सम्यान सुरेश रैनाले १३ औं सिजनको आईपीएलबाट नाम फिर्ता लिएका छन्। चेन्नाईको अधिकारिक ट्वीटर प्रोफाइलले यो कुराको पुस्टि गरेको छ।

“सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको लागि उपलब्ध हुने छैनन्। चेन्नाई सुपर किंग्सले उनि र उनको परिवारलाई यो समयमा पुरा साथ दिनेछ।” चेन्नाईले ट्वीट गर्दै उनि भारत फर्किएको समेत जानकारी गराएको छ। उनि एक्कासी भारत फर्कनुपर्ने पारिवारिक कारण भने खुलाइएको छैन।

अन्तर्राष्ट्रिय क्रिकेटबाट भर्खरै सन्यास लिएका रैना सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने लिगमा सहभागीता जनाउन अगस्ट २१ मा टिमसंगै पुगीसकेका थिए। त्यस अघि भारतमै भएको तयारीमा समेत रैना उपस्थित थिए।

आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन् रैना

महेन्द्र सिंह धोनीको टिम चेन्नाईका प्रमुख ब्याट्सम्यान रैना आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनले १९३ खेल खेल्ने क्रममा ५ हजार ३ सय ६८ रन बनाएका छन्। बिराट कोहली ( ५४१२ ) पछि लिगमा ५ हजार रन पुरा गर्ने रैना दोश्रो ब्याट्सम्यान हुन्।

रैना आईपीएल नखेल्ने भए पछि प्रतियोगिता अघि टिमलाई अर्को झट्का लागेको छ। शुक्रबार मात्रै टिमका एक जना तिब्र गति बलर सहित ९ जना अन्य स्टाफमा कोरोना संक्रमण देखिएपछि टिम थप केहि दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको थियो।

सम्बन्धित :-

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

https://wicketnepal.com/chennai-10-members-covid-19-positive-wn20/

https://wicketnepal.com/eng-v-pak-1st-t20i-mr-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/

https://wicketnepal.com/kohli-father-wn20-ann/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy